काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्र्तगत स्वतन्त्र विद्यार्थी युनियनका लागि निर्वाचन हुने आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा हालसम्म ८२ स्थानमा सर्वसम्मत अध्यक्ष चुनिएका छन् । हालसम्मको प्राप्त आंकडा अनुसार नेकपा एमाले निकटको विद्यार्थी संगठनमा सर्वसम्मत चयन भएका ३२ स्थानको स्ववियु अध्यक्ष निर्विरोध चयन भएर अनेरास्ववियुले पहिलो स्थानमा छ ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघबाट २८ क्याम्पसमा अध्यक्ष निर्विरोध भएको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल )क्रान्तिकारी) बाट २१ जना स्ववियु अध्यक्ष निर्विरोध भएर तेस्रो स्थान ओट्न सफल भएको छ । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले मकवानपुरस्थित मनहरी बहुमुखी क्याम्पसमा मात्र निर्विरोध अध्यक्ष प्राप्त गरेको छ । अनेरास्ववियु र अखिल (क्रान्तिकारी) बाट निर्विरोध भएका क्याम्पस र अध्यक्षको नामावली सार्वजनिक गरेको छ । नेविससंघले भने निर्विरोध भएका क्याम्पसहरूको सूची बनाएको नेबिसंघका प्रवक्ता सुरज सेजुवालले जनाएको छ ।
अनेरास्ववियुबाट कोशीमा चार, बागमतीमा आठ, गण्डकीमा ३, लुम्बिनीमा ७, कर्णालीमा तीन र सुदूरपश्चिममा ७ क्याम्पसमा स्ववियु अध्यक्ष सर्वसम्मत चयन भएका अनेरास्ववियुका संगठनसचिव सञ्जिव धिताल र र अखिल )क्रान्तिकारी) र अखिल )क्रान्तिकारी) उपाध्यक्ष मदन ढकालले जनाएकाछन् ।
त्रिविबाट आंगिक ६२ सम्बन्धन प्राप्त एकहजार ४० क्याम्पसमा ५ चैतमा हुने गरी कल्याणकारी परिषद्ले निर्वाचन तालिका सार्वजनिक गरेको छ । सम्बन्धन प्राप्तमा कतिपय क्याम्पसमा भने स्ववियु निर्वाचन हुने गरेको छैन । स्ववियु निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ता भएको थियो ।











प्रतिक्रिया