शिक्षा

२५ विद्यार्थी संगठन स्ववियु निर्वाचन मैदानमा



काठमाण्डौ ।  त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचन चैत ५ गते हुन नसकेको अवस्थामा पुरानै स्ववियु कायम राख्न विश्वविद्यालय सहमत भएको छ।
त्रिवि स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका २०८१ ले स्ववियु निर्वाचन तोकिएको समयावधिमा भए पनि नभए पनि पुरानो स्ववियु समाप्त हुने व्यवस्था गरी निर्देशिका जारी गरेको थियो। त्रिविले जारी गरेको निर्वाचन सम्बन्धी निर्देशिका २०८१ को बुँदा नम्बर १३ को बाधा अड्काउ फुकाउने अधिकार, खारेजी र बचाउ सम्बन्धी व्यवस्थाको ३ नम्बर बुँदामा यस्तो व्यवस्था उल्लेख छ। ‘‘स्ववियु निर्वाचन २०८१ सम्पन्न भए वा नभएको दुवै अवस्थामा २०७९ मा निर्वाचित स्ववियु कार्य समितिको कार्यकाल २०८१ चैत ४ गतेदेखि स्वतः समाप्त भएको मानिनेछ।’
विद्यार्थीसँग भएको सहमतिले स्ववियु सम्बन्धी रातो किताबमा भएको व्यवस्था कायम हुने विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख प्राध्यापक पशुपति अधिकारीले जनाएको छ । रातो किताब अर्थात् त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ८२ को घमा भएको व्यवस्था अनुसार कुनै कारणवश चुनाव हुन नसके ६।६ महिनाका लागि कार्यसमितिको पदावधि थप गर्नसक्ने व्यवस्था छ।
स्ववियु निर्वाचन २०८१ को मिति र कार्यतालिका सार्वजनिक भएसँगै आंगिक र सम्बन्धन प्राप्त कलेजहरू चुनावी तयारीमा बिद्यार्थी संगठनहरु जुटका छन् । यसैगरी यस पटकको निर्वाचनमा केन्द्रमा दर्ता भएअनुसार केन्द्रीय विद्यार्थी संगठनहरू कुल २५ दर्ता भएका छन्। हजारभन्दा बढी सम्बन्धन प्राप्त र ६२ आंगिक कलेजहरूमा निर्वाचन ह’नेछ। स्ववियु निर्वाचनका लागि चुनावी मैदानमा एमाले निकट अनेरास्ववियु, नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अनेरास्ववियु, समाजवादी निकट अनेरास्ववियु, वैद्य निकट अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन नेपाल, मसाल निकट अखिल छैटौं लगायत बिद्यार्थी संगठा रहेको छन् ।
यसैगरी अखिल नेपाल विद्यार्थी युनियन, महन्थ निकट लोकतान्त्रिक विद्यार्थी संघ, माले निकट अनेरास्ववियु पाँचौं, राउतनिकट विद्यार्थी जनमत संघ, जनमुक्ति केपी लिम्बुनिकट नेपाल विद्यार्थी मोर्चा, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, आहुति निकट वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, अखिल क्रान्तिकारी, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन नेपाल र वैज्ञानिक समाजवादी विद्यार्थी मार्चा चुनावी मैदानमा उत्रेको जनाएकान् ।
निर्वाचनमा २८ वर्ष उमेर हद लाग्ने गरी त्रिवि कार्यकारी परिषद्ले निर्देशिका जारी गरेको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले जारी गरेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनसम्बन्धी निर्देशिका, २०८१ ले निर्वाचनमा उम्मेदवार हुन २८ वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था गरेको छ।

प्रकाशित : २३ फाल्गुन २०८१, शुक्रबार, ,