पाँचथर । दोश्रो फिदिम भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा आयोजना गरेर संकलन भएको रकम मध्ये खर्च गरी ४ लाख ७७ हजार ९ सय रुपैयाँ मुनाफा गरेको छ । आयोजक भेट्रान्स क्लबले फिदिममा पत्रकार सम्मेलन गरी गत माघ ९ गतेदेखि १२ गतेसम्म फिदिम माबिको खेल मैदानमा सम्पन्न खेल प्रतियोगिताको खर्च विवरण सार्वजनिक गरी मौजाद रकम रहेको हो । ४ दिनसम्म चलेको खेल प्रतियोगितामा कुल ८ लाख १५ हजार २ सय १ रुपैयाँ खर्च भएको थियो । क्लबले १२ लाख ९३ हजार १ सय १ रुपैयाँ आम्दानी गरेको छ । १ लाख ९० हजार रुपैयाँ भने जम्मा हुन बाँकी रहेको रकम संकलन भए क्लबको नाफा ६ लाख ६७ हजार ९ सय हुने छ । बचत रहेको रकम सामाजिक कार्यमा लगानी गर्ने केहि रकम आगामि खेल संस्करणमा खर्च गर्ने आयोजकले पत्रकार सम्मेलनमा बताएका छन् ।
फिदिम नगरपालिकाबाट दोश्रो पुरस्का बापतको ५५ हजार ५५५ रुपैयाँ सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । खेल दर्शकबाट ५६ रुपैयाँ आम्दानी भएको छ । विभिन्न व्यक्ति र संस्थागत रूपमा ५ हजारदेखि १ लाख रुपैयाँसम्मको सहयोग प्राप्त भएको अध्यक्ष रोशन श्रेष्टले जनाएको छ । दोश्रो फिदिम भेट्रान्स गोल्डकप प्रतियोगितामा नेपालका सात र भारतको एक गरी आठ टिम सहभागी थिए । सो संस्करणको उपाधि झापा बिर्तामोडको रेड स्टार क्लबले जितेको थियो ।











प्रतिक्रिया