डा.विधाननिधि पौडेल भन्छन्, ‘यदि रक्सीको कारण आधा भाग कजेलो बिग्रिसकेको छ। यस्तो स्थितिमा सो व्यक्तिले रक्सी छाड्यो भने त्यसको केही महिनामै उसको कलेजो पुनः स्वस्थ हुन्छ।’
डा। पौडेल पेट तथा कलेजोरोग विशेषज्ञ हुन् । उनले कलेजकोका त्यस्ता अनगिन्ती रोगीको उपचार गरेका छन्, जो रक्सीको कारण खराब भएको थियो । उनी थप्छन्, ‘रक्सी पिउन छाड्नसाथ त्यसको प्रत्यक्ष प्रभाव कलेजोमा देखिन थाल्छ।’
डा। पौडेलका अनुसार रक्सीले कलेजोका कोषहरू मार्दै लान्छ । रक्सी छाड्नेबित्तिकै ती कोषहरूले मर्मत हुने समय पाउँछन् । स्वस्थ कोषहरू छिटो वृद्धि गरेर कलेजोलाई पुनः सक्षम बनाउँछ ।
रक्सी पिउनेहरू, जसले रक्सी पिउन छाडेका छन् उनीहरूको कलेजोमा कस्तो प्रभाव देखिन्छ भनी विस्तृत अध्ययन भएको थियो । बेलायतमा भएको सो अध्ययनले के देखायो भने(रक्सी छाडेको २ देखि ३ साताभित्रै कलेजोको कोषहरू पुनर्जीवित हुनथाल्छ ।
एक महिनसम्म मदिरा नपिउने हो भने कलेजोको बोसो १५ देखि २० प्रतिशतले घटेर कलेजोको कार्यसम्पादनमा सुधार ल्याउँछ ।
त्यसो त कलेजो मात्र होइन, शरीरका अन्य भागहरूमा पनि रक्सीको उत्तिकै असर देखिन्छ । फ्याटी लिभर, उच्च रक्तचाप, अनिद्रा, छटपटी जस्ता थुप्रै असर रक्सीकै कारण हुने चिकित्सकहरू बताउँछन् । यसले पाचन प्रणालीदेखि स्नायुतन्त्र सम्मलाई असर गरिरहेको हुन्छ ।
रक्सीले अन्य अंगमा कस्तो असर पार्छ रु रक्सी छाडेमा स्वास्थ्यमा के(कस्ता परिवर्तन आउन सक्छ रु हामीले अन्य विशेषज्ञसँग पनि कुरा गरेका थियौँ ।
विराट मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा। माधव विष्टका अनुसार रक्सीमा हुने एथानोल नामक रसायनको मात्रा शरीरमा बढी भएमा रक्तनलीलाई खुम्चाएर रक्तचाप उच्च हुनुका साथै र कोलेस्ट्रोलको स्तर बढाउँछ । एथानोल विस्तारै असिटाल्डिहाइडमा परिवर्तन भई मुटुका मांसपेशीलाई कमजोर पारेर मुटुको कार्यक्षमता घटाइदिन्छ । (स्रोत अनलाइन खवर)











प्रतिक्रिया