समाचार

नयाँ शहरको आकर्षण बढ्दो



पाँचथर ।      फेदेन २०१८ मा बजारको रूपमा विकास भएर फिदिम बजारको रूपमा चिनिन थालिएको थियो। त्यतिबेला छिटपुट रैथाने पूर्वेली घरटहरासँग मात्र त्यो क्षेत्र परिचित थियो, तर अहिले त्यही स्थान पाँचथर जिल्लाको मुख्य फिदिम बजार बनेको छ। २०१८ सालबाट धनकुटाबाट सरकारी कार्यालय ल्याएर सरकारी सेवा सुरू गरिएको फिदिम बजार बिस्तार हुन थाल्यो र अहिले संघीय सरकारले न्यूनतम एक लाख जनसंख्यासम्मको व्यवस्थित शहरको रूपमा फिदिमलाई विकास गर्न थालेको छ, जसले यसका सुन्दरतामा वृद्धि गरेको छ। त्यसबेलाको फिदिम र अहिलेको फिदिममा ठूलो फरक रहेको कुरा झापा निवासी भक्तसेर लिम्बुले बताउनु भएको छ।

मध्यपहाड़ी पुष्पलाल लोकमार्गले छोएको १० शहर मध्ये पर्ने फिदिमलाई नयाँ शहर बनाउन प्रत्येक वर्ष लाखौं रकम लगानी गरेर कालोपत्रे सडक, बसपार्क, जग्गा एकिकरण, रंगशाला र पर्यटकीय क्षेत्र निर्माण गर्दै बजारको सुन्दरतामा वृद्धि गरिंदै आएको छ। स्थानीय तहले बजारलाई थप सरसफाइ, सडक बत्ती र सडक बगैचा निर्माण गरेर आकर्षण थप्ने काम गरिरहेका छन्। सवारी साधन व्यवस्थापन, घर टहरा र व्यवसायहरूलाई थप व्यवस्थित बनाउने अभियानलाई फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्लेले चलाउँदै आएका छन्।

शहरीकरणको कारणले कुनै समय एक लाख प्रति आनामा बिक्री हुने जग्गा अहिले १० लाखदेखि २५ लाख प्रति आनासम्म बिक्री हुन थालेको छ। सुन्दर सहर बन्ने क्रममा गाउँबाट बसाइँ सर्ने क्रम तीव्र भएको छ। बजारको विस्तारसँगै फिदिमको स्वरूप परिवर्तन हुँदै गएको छ, जसले आन्तरिक र बाह्य पर्यटकहरूको चहलपहल पनि बढाएको छ। जसले आन्तरिक र बाह्य पर्यटकहरूको चहलपहल पनि बढाएको छ।

प्रकाशित : १३ फाल्गुन २०८१, मंगलबार, ,