पाँचथर | १८४५ सालमा साह राजासँग याङवरकका राजा बीच उपनीबेस सम्झौता भएको थियो, जसअन्तर्गत सिक्किम सिमा रक्षाका लागि सेना टुकरी राखिएको स्थान निसान हो। हिलिहाङका राजा नुवाइधुवाइ गर्न वरक पोखरी पनि हो। त्यस समयदेखि संरचना विहीन हिलो, धुलो र झाडीले भरिएको उक्त क्षेत्रलाई याङवरक क्षेत्र भनिन्छ। अहिले त्यही स्थानमा २८ करोडको डिपिआर अनुसार धमाधम पूर्वाधार निर्माण हुन थालेको छ। तर पूर्वाधार निर्माणले ऐतिहासिक निसान क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गर्दा रैथानेपन गुमेको विषयमा फलैचा निवासी मचिन्द्र बेघले गुनासो गरेका छन्।
पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नम्बर ४ को मेदिङबुङ क्षेत्रमा रहेको निसान अथवा याङवरक क्षेत्र अहिले निसान नाँच हेर्ने थलो बनेको छ। लडाइमा प्रयोग हुने तरवा, खुँडा, बन्दुक र सुरक्षा निसानहरू सहितको निसान नाँच प्रदर्शन हुँदै आएको छ। त्यही स्थानमा पूर्वाधार विकास गरी जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य स्थल बनाउन संघीय सरकार र स्थानीय तहले दश करोड बढी लगानी गरेका छन्, जसमा पोखरी संरक्षण, पार्क निर्माण, प्रतीक्षालय निर्माण र मौलो संरक्षण गरी आकर्षक स्थल बनाइएको निवर्तमान पालिका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिएका छन्।
करिब ६० रोपनीमा फैलिएको निसान क्षेत्र अहिले चिल्ड्रेन बाल उद्यम, रुख घर, घेराबार, प्रवेशद्वार र मन्दिर निर्माणको चरणमा छ। आकर्षक निर्माण कार्यले आगन्तुकको चहलपहल बढाएको र यस क्षेत्रका आसपास बसोबास गर्ने सर्वसाधारणको आयआर्जनमा सहयोग पुगेको पालिका उपाध्यक्ष बाबा मेन्याङबोले बताएका छन्।
तर, पूर्वाधार निर्माणले पुरानो ऐतिहासिक र रैथाने शैलीलाई सम्पूर्ण रूपमा नष्ट गरेको विषयमा संविधान सभा सदस्य विश्वदिप लिङदेनले प्रतिक्रिया जनाएका छन्।











प्रतिक्रिया