पर्यटन

पर्यटकीय क्षेत्रबाट आयआर्जन गर्दै



पाँचथर ।      स्थानीयबासीले मनग्गै आयआर्जन गर्ने नयाँ थलो बनेपछि पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रर्वद्धन स्थानीयवासी आफै जुट्न थालेका छन् । खासगरी शहर नजिकमा रहेका धार्मिक, संस्कृति एवं. भौतिक पूर्वाधारहरू बनेका पर्यटकको आगमन बढेर स्थानीयको आय  बढेको छ ।

पछिल्लो समय धार्मिक, संस्कृति एवं. भौतिक पूर्वाधार आकर्षण बनेर अवलोकन गर्ने ब्यत्तीहरुको सख्या बढ्न थालेका छन् । मनै लोभ्याउने रोचक र आकर्षण स्थल बनेर घुमफिर गर्ने स्थल बढेको छ । पाँचथर जिल्लाको मुख्य बजार फिदिम आसपास बनेको पर्यटकीय पूर्वाधारले थप मनमोहक क्षेत्र बनेसँगै अवलोकन गर्नेहरूको घुइँचो लाग्ने गरेका छन् । सुम्हालुङ, लबे्रकुटी, सिलौटी, शिवालय मन्दिर, गणेशमानसिंह पार्क, थाक्ले मन्दिर, भ्युटावर, साँधुटार, सुकेपोखरी र लोहाकिल क्षेत्रमा मानिसको चाप भएर पनि स्थानीयले आर्थिक लाभ लिन सफल भएको फिदिम नगर प्रमुख मित्र प्रसाद काफ्लेले बताउनु भयो ।

याङवरक गाउँपालिकाको निसान क्षेत्र र कालापानी, हिलिहाङ गाउँपालिकाको हिलिहाङ दरबार, जोरपोखरी, कुम्मायक गाउँपालिकाको कुम्मायक कुस्सायक क्षेत्र पनि गन्तब्य स्थल भएर त्यस स्थानका नागरिकले लाभ लिन थालेका छन् । फाल्गुनन्द गाउँपालिकाको सेहोनाम्ला, बत्तीसे झरना र मिक्लाजुङ गाउँपालिकाको बुद्धमुर्ती पार्कमा पर्यटकको बढि आगमन हुदैछन् । तिनै तहको सरकारबाट रकम लगानी गरेर सुन्दर तथा सहज पर्यटकीय क्षेत्र बनेर अवलोकन गर्नेको सङ्ख्या बढ्दो अवस्थामा रहेको स्थानीय तहका जनप्रतिनिधिले जनाएका छन् ।

प्रकाशित : १३ फाल्गुन २०८१, मंगलबार, ,