विधान विपरीतको भेलामा सहभागी नहुनू कांग्रेसको अपिल

ललितपुर ।   नेपाली कांग्रेसले पार्टीभित्रको असन्तुष्ट पक्षले आह्वान गरेको विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै उक्त भेला तत्काल रोक्न अपिल गरेको छ। कांग्रेसले आफ्ना सबै तहका पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिका पदाधिकारीलाई विधान विपरीतका गतिविधिमा संलग्न नहुन सचेत गराएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय बीपी नगर, ललितपुरमा कार्यवाहक सभापति…