काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका सबै नेताका छोराछोरी स्वदेशमा अनिवार्य अध्ययन गर्नुपर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका सबै नेताका छोराछोरी स्वदेशकै सार्वजनिक विद्यालयमा पढ्नुपर्ने गरी पार्टीले निर्णय गर्ने तयारी गरेको बताएका छन् । बिहीबार काठमाडौं अखिल क्रान्तिकारीले गरेको शैक्षिक संवादका क्रममा प्रचण्डले पार्टीले निर्णय गर्ने तयारी भइरहेको बताए । प्रचण्डले…