पाँचथर । मच्छिन्द्र फूटबल क्लब काठमाडौंले पाँचथरको फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप फूटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। सदरमुकाममा बुधबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा इन्ट्रा पथरी ११ फूटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै मच्छिन्द्र फाइनल प्रवेश गरेको हो। विशाल घलानले खेलको २३ औं मिनेटमा गोल गरेपछि मच्छिन्द्रले अग्रता बनाएको थियो। पहिलो हाफमा १–० अन्तर…