काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानहरुमा फोहोर तथा भौतिक क्षति पुर्याएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रुपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरकाले आइतबार पत्रचार गर्दै राप्रपाले जथाभावी फोहोर फालेर वातावरण प्रदूषण समेत गरेको महानगरको दाबी छ। राप्रपाले आफ्नो पार्टी कार्यालय धुम्बाराहीबाट आयोजना गरेको कार्यक्रममा सहभागीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगंगा, गौशाला लगायतका…