३,६०० मिटर उचाइसम्मको म्याराथन इलामका सन्जय राईलाई

पाँचथर ।   फालेलुङ गाउँपालिकामा आयोजित तेस्रो फालेलुङ पर्यटन महोत्सवको अवसरमा समुद्री सतहबाट करिब २,३०० मिटर उचाइबाट सुरु भएको म्याराथन तीनसिमानाको ३,६०० मिटर उचाइसम्मको दौडको खुल्ला पुरुष म्याराथन प्रतियोगिताको उपाधि इलामको सन्दकपुर गाउँपालिका–१ का सन्जय राईले जितेको छ । राईले ३२ किलोमिटर दूरी २ घण्टा ४९ मिनेट १८ सेकेन्डमा पार गरेका हुन्। मिक्लाजुङ गाउँपालिकाका ओसन राईले…