पाँचथर । फाल्गुनन्द साहित्य महोत्सव २०८२ विविध कार्यक्रम गरी सम्पन्न भएको छ । फाल्गुनन्द गाउँपालिका १ मा रहेको पर्यटकिय क्षेत्र तिजोक बहुसाँस्कृतिक पार्कमा आयोजित महोत्सवमा सास्कृतिक झाँकीहरु सहितको साहित्य कार्यक्रम भएको थियो । तिजोक बहुसाँस्कृतिक पार्कमा केलाङ, साकेला, लाखे, पञ्चेबाजा र डम्फु लगायतको स्थानीय सास्कृतिक नृत्य प्रर्दशन भएको थियो । महोत्सवको अवसरमा ‘फाल्गुनन्द प्रज्ञा साहित्य…