समाचार

लाओती र आङ्देम्बे प्रतिज्ञा पत्र जारी गरे



पाँचथर । पापोहाङ बंस अन्तरगत पर्ने लाओती र आङदम्बे वंशबिचको हाडनाता मिच्न नहुने सम्बन्धी माङहेक (प्रतिज्ञा) पत्र जारी गरेकाछन् । सनिबार पान्थर फेदेन यक फिदिम ४ गढीमा महासभाको आयोजना गरी प्रतिज्ञा पत्र जारी गरेका हुन ।

पापोहाङ थोबो सङजुम्भो नेपालको संयोजन तथा पापोहाङ लाओती सयङ र पापोहाङ आङदेम्बे सङजुम्भोको आयोजनामा सुम्जिरि सुम्हालुङ गढीमा सामाजिक सचेतना स्वरुप हाडनात मिच्न नहुने बिषयमा वृहत छलफल गरी प्रतिज्ञा जारी गरेको आङदेम्बे बंसका अध्यक्ष टिकाध्वोज आङदेम्बेले बताए ।

महासभाले लाओती र आङदेम्बे वंश रगतको नाता सम्बन्ध मिच्न नहुने सम्बन्धी छलफल गरेर माङहेक (प्रतिज्ञा) सहमति पत्र प्रतिवेदन तयार गरी चैत्र २८ गते शनिवार बृहत सम्मेलन प्रतिज्ञा गर्दै सहमति पत्र जारी गरीएका हुन ।

पापोहाङ वंशको हाङ्सो(हङ्सराय) एक पुस्ता गणनागरी फेदेन् यक् र कुम्मायक यक्मा शासन गरेका सन्तान मध्ये ३८औ पुस्ताका पाहाङलोम्बाको दुइ श्रीमती मध्ये श्रीमती हाङधुक्माको छोरा लाओती र श्रीमती मुन्धुक्माको छोरा आङदेम्बे सन्तान भएको उल्लेख छ । लाओती र आङदेम्बे वंशका नेतृत्व एवं खोजअन्वेशकहरु सहितको पापोहाङ बंशहरुले नजिकको बंसज भएको भन्दै महासभा गरी प्रतिज्ञा स्मारक स्थापना गरेकाछन् ।

यस अघिका दिनहरुमा अन्जान अज्ञानताले लाओती र आङदेम्बे वंशमा हाडनाता मिच्न पुगेका भए आर्शिवाद सहितको माफी दिई चाकचरकी (शुद्ध । पबित्र) भएको मानिनेछ भनिएको छ । अब उप्रान्त लाओती र आङ्देम्बे वंशमा हाडनाता मिच्न नहुने । त्यसो गरेमा सामाजिक बहिष्कार गर्ने । लाओती र आङदेम्बे वंश सघन बसोबास भएका स्थानहरुमा चाकचरकी(शुद्ध । पबित्र) सहितको वंशमा हाडनाता मिच्न नहुने माङहेक (प्रतिज्ञा) अभियान कार्यक्रमहरु ब्यापक गर्ने लाओती बंसका अध्यक्ष जीतबहाुर लाओतीले बताए ।

पापोहाङले उहिले पुर्खाले राजगण यकको रुपमा संचालन गरेको स्थान फेदेन यकमा पापोहाङको माङगेना यक मान्दैआएको स्थानमा प्रतिज्ञा गरेका हुन । पापोहाङ मध्ये लाओती र आङदेम्बे सघन घरबस्तीहरमा समेत हाडनाता मिच्न नहुले, बंशावली सबल पक्ष र सामाजिक सुधारका पक्षमा अभियान समेत संचालन गर्ने भएकाछन् । विज्ञ कार्यदल गठन गरेर तय गरेका हाडनाता मिच्न नहुने प्रतिवेदन पारित गर्दै स्मारक समेत स्थापना गरेको समय माङदेम्बा धन प्रसाद तुम्बापोले माङहेक गरिदिएका थिए ।

पाँचथर जिल्ला समन्वय प्रमुख रामराज आङदेम्बे र फाल्गुनन्द गाउँपालिका अध्यक्ष वृजहाङ आङदेम्बेले थरगत सयङका ऐतिहासीक एवं रैथाने थाकथलो संरक्षणमा स्थानीय तह बढि आकर्षित भएर काम गरिरहेको बताएकाछन् ।

श्री पापोहाङ् थोबो सङ्जुम्भो नेपाल अध्यक्षले बिजयबोध लाओती प्रतिज्ञा पत्र प्रस्तुत गरेका थिए पापोहाङ आङ्देम्बे ताङ्सेःप सङ्जुम्भो अध्यक्ष टिकाध्वोज आङदेम्बेले अभियानका बारेमा जानकारी गराएका थिए ।

लाओती वंशबाट विदत कार्यदल संयोजकयेहाङ लाओती, सदस्यहरुमा हरीचन्द्र लाओति लक्ष्मण लाओतीे, दिनेसकुमार लाओतीे र जीतबहादुर लाओती रहेका छन् भने आङदेम्बे वंश कार्यदलबाट संयोजक अम्बिका प्रसाद आङ्देम्बे सदस्यहरु इन्द्र नारायण आङ्देम्बे भगेन्द्र कुमार आङ्देम्बे, तिलकराम आङ्देम्बे र डा.बालचन्द्र आङ्देम्बे रहेका थिए ।

पापोहाङ वंशमा पर्ने तुम्बापो, शेर्मा, तुम्रोक, इङ्वाबा, कुगेनाम्बा, सम्बाहाम्फे, इङनाम, इवाहाङ र पापोलाई साक्षी राखी प्रतिज्ञा गरेका थिए ।

 

प्रकाशित : २७ चैत्र २०८२, शनिबार, ,