पाँचथर । किसानको खेतबारी उर्बर बनाउन पालिकाबाट कम्पोष्ट मल उत्पादन अभियान प्रभावकारी भएको छ । रसायनिक मलको साटो स्थानीय स्तरमा बनाउन सकिने प्राङगरीक अर्थात कम्पोष्ट मल बनाएर किसानले मनग्गै आम्दानी लिन सफल भएकाछन् । पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिकाले हरेक बर्ष प्राङगरीक मल बनाउन सहयोग पाएर उत्पादन बढेको किसानले खुसी ब्यत्त गर्न थालेकाछन् ।
यसै आर्थिक बर्षमा एक करोड बयासी लाख रकम बिनियोजन गरेर धान, मक्कै र आलु उत्पादन गर्ने किसानलाई पुरस्कार सहितको प्राङगरीक मल उत्पादनमा सहयोग गर्ने भएकाछन् । किसानको आर्थिक सुधार गर्नुका साथै आत्मनिर्भर पालिका बनाउन कार्यबिधि बनाएर लागु गर्दैआएको पालिका अध्यक्ष अमरराज माखिमको भनाइ छ ।
मिक्लाजुङ गाउँपालिकामा २०७४ सालबाटै किसानलाई कृषि पेशामा उत्साहित गराउन पुरस्कार तथा अनुदानका कार्यक्रमहरु संचालन हुदैआएकाछन् । तराइ तथा अन्य जिल्ला जान सकिने सडकहरु सहज बनेसंगै त्यहाँ उत्पादन भएका अन्नबाली, फलफुल र तरकारी तराईका बिभिन्न जिल्लाहरुमा बिक्री गर्दैआएको किसानले जनाएकाछन् ।













प्रतिक्रिया