खेलकुद

भलिवल कप उपाधि फाक्तेपलाई



पाँचथर ।  फाल्गुनन्द गाउँपालिका वडा अध्यक्ष स्तरिय  भलिवल कप प्रतियोगिताको उपाधि ५ नम्बर वडा फाक्तेपले जितेको छ । सोमवार सम्पन्न भएको भलिवल कप प्रतियोगिताको फाल्गुनन्द–६ को जयनारायण आर्दश मावि मेहेलबोटेमा भएको थियो । खेलमा फाल्गुनन्द–६ नम्बर वडालाई सोझो सेटमा हराउँदै उपाधि ५ नम्बर वडा फाक्तेपले जितेको हो ।

उपाधिको लागि ५ नम्बर वडा फाक्तेपले ६ नम्बर वडा विरुद्ध २५–१६, २५–१५ र २५–१९ सोझो सेटको जित्को हो । प्रतियोगिताको विजेता बनेको फाल्गुनन्द–५ नम्बर वडा फाक्तेपले नगद १ लाख ५ हजार ५५५ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । उपविजेता बनेको फाल्गुनन्द–६ आङसराङले नगद ५५ हजार, ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पा¥यो ।

विजेता तथा उपविजेता टीमलाई कार्यक्रमका प्रमुख अथिति गाउँपालिका अध्यक्ष वृर्जहाङ आङ्देम्बे, पालिका उपाध्यक्ष ठाकुरसिं नेम्वाङ र पालिका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापो पुरस्कार प्रदान विरतण गर्नुभएको थियो ।

फाल्गुनन्द गाउँपालिका अध्यक्ष कप भलिवल प्रतियोगिताको वेष्ट प्लेयर देबेन्द्र चेम्जोङ, बेष्ट सेटर जितेन्द्र चेम्जोङ र बेष्ट फरर्वड सुप्रिन्स चेम्जोङ घोषित भए । त्यस्तै बेष्ट ब्लकर मिलन कुरुम्वाङ र वेष्ट स्पाइकर सन्दिप लावती भएका हुन । उनीहरुलाई नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएकाछन् ।

प्रतियोगिता सफल बनाउँन सहयोग गर्ने वडा, गाउँपालिका र संघसस्थाहरुलाई प्रशंसा पत्र र मायाँको चिनो प्रदान गरिएको थियो । प्रतियोगिताको आयोजना मेहेलबोटे युवा जागरण क्लव आङसराङले गरेको खेदमा सात टीम सहभागी भएका थिए ।

प्रकाशित : २४ चैत्र २०८२, बुधबार, ,