पाँचथर । नवबर्षको अवसरमा फाल्गुनन्द गाउँपालिका अध्यक्ष कप आमन्त्रण फुटबल हुने भएको छ । आगामि बैशाख १ गतेबाट ५ गतेसम्म फाल्गुनन्द गाउँपालिका वडा नम्बर १ नवमिडाडामा प्रथम अध्यक्ष कप आमन्त्रित फुटबल प्रतियोगिता हुने पत्रकार सम्मेलनमा जानकारी दिएकाछन् ।
आयोजक सहितको नेपाल र भारतका आठ टिम सहभागि हुनेछन् । खेलमा ए डिभिजन अन्तगतका खेलाडी सहभागि हुने आयोजक तिजोक युवा कल्ब अध्यक्ष हेमराज आङदेम्बेले बताए । मंगलबार फिदिममा पत्रकार सम्मेलनको आयोजक प्रथम हुनेले दूइलाख २२ हजार र दितृय हुनेले एकलाख ११ टफि, मेडल र प्रमाणपत्र पाउनेछन् । फुटबल खेलमा बिधागत ६ प्रकारको पुरस्कार रहेको जनाएकाछन् ।
फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोग र तिजोक युवा कल्बको आयोजनामा खेल संचालन खर्च १२ लाख हुने अनुमान गरीएको छ । सोहि अवसरमा राष्ट्रिय चर्चीत कलाकारसंगै रैथाने कलासस्कृतिहरु प्रस्तुती हुने आयोजक सचिव कुबेर आङदेम्बेले जनाएका् छ ।













प्रतिक्रिया