समाचार

समाचार वाचन प्रतियोगिताकामा इवारा जबेगु प्रथम



 पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथरले ७१ औ स्थापना दिवसको अवसरमा समाचार वाचन प्रतियोगिताका आयोजना गरेका थियो । समाचार वाचन प्रतियोगितामा १७ जना सहभागि भएका मध्ये इवारा जबेगु प्रथम भएकी हुन । त्यसैगरी द्वितीय कमल घिमिरे र तृतीय भीमकुमार चेम्जोङ भएका थिए ।

बिजेता उनीहरुलाई सातहजार, पाँचहजार र तिन हजार नगद पाएकाछन् । सामाचार प्रतियोगिताको निर्णायकमा मंगल बेघा,  सन्देश सुब्बा र  खविन लुइटेल रहेका थिए । समाचार वाचन प्रतियोगिता सहभागि बिद्यार्थी पूजा तुम्बापो, सुविज्ञा राई र साम्भवि श्रेष्ठलाई प्रोत्साहन पुरस्कार एकहजारका दरले सान्तावना पुरस्कार प्रदान गरीएको थियो ।

समाचार वाचन प्रतियोगिताका प्रमुख अतिथि अध्यक्ष तुम्बेवा गाउँपालिका बावुराम खड्का, प्रजिअ बासुदेव दाहाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लवदेव ढुंगाना, फोनिज प्रदेश अध्यक्ष विजयबोध लावती, निवर्तमान अध्यक्ष गिरिराज बाँस्कोटा, पूर्वअध्यक्ष लक्ष्मी गौतम, पुरस्कार प्रायोजक समाजसेवी पूर्णकुमार तुम्बापो, पत्रकार महासंघ प्रदेशका पूर्व सदस्य गणेश साम्पाङले शुभकामना मन्तब्य राखेका थिए।

समाचार लेखन तथा वाचनतर्फ युवाको आकर्षण बढाउन प्रतियोगिता आयोजना गरिएको शाखाका  अध्यक्ष भीमकुमार बाँस्कोटाले जानकारी दिनु भयो ।

प्रकाशित : १६ चैत्र २०८२, मंगलबार, ,