राजनिति

मिक्लाजुङ र तुम्बेवामा जनसमर्थन उथलपुथल



पाँचथर ।    जिल्लामका दुइ पालिकाको मत परिणाम नतिजाले दलले जनमत जोगाउन नसकेको सकेत गरेको छ ।
मिक्लाजुङ गाउँपालिकाको हालैको खसेको मत अनुसार नेपाली कम्युनिट पार्टीको जनमत ह्वातै घटेको छ । नया उदय भएको श्रम सस्कृति पार्टीले नया कृर्तिमान रचन सफल भएको छ । पहिलो जनमत पाउदै आएको पार्टी दोस्रो भएको छ ।

दुइपटक पालिका अध्यक्ष जितेको पालिकामा नेपाली कम्युनिष्ट पार्टीले आफ्नो समर्थन गुमाएको अवस्था छ ।

स्थानीय तहको निर्वाचन परिणाम अनुसार तत्कालीन नकपा माओवादी पार्टीबाट २०७४ मा पालिका अध्यक्ष सहित तिनओटा वडा अध्यक्ष जितेको थियो । स्थानीय नेताहरका अनुसार २०७९मा गठबन्धन गरेर बढाएर पाँचओटा वडाअध्यक्ष बनाएको मत संरक्षण गर्ने सकेन ।

मिक्लाजुङ पाउँपालिकामा श्रम सस्कृति पार्टीले २८९५ पाउदा नेपाली कम्युनिष्ट पार्टीले १८२४ मत पाएको छ । दोस्रो जनमत भउको नेकपा एमाले पार्टीले भने १६०४ मत पाएको छ ।

तुम्बेवा पाउँपालिकामा नेपाली काग्रेस र नेकपा एमालेको जनमत आधा विगतको निर्वाचन जनमतको तुलनामा आधा गुमाएको स्थानीय राजनैतिक नेताहरुको बाउछन् ।

तुम्बेवा गाउँपालिकामा पनि श्रम सस्कृति पार्टीको उदयले असार पारेको हो । नेपाली काग्रेस पार्टीले १२०३ मत पाउदा नयाँ पार्टीका रुपमा उदाएको श्रम सस्कृति पार्टीले ११४० पाएको छ । दोस्रो मत भएको नेकपा एमाले ९९४ मत पाएर तेस्रो स्थान खुम्चीनु परेको छ ।

प्रकाशित : २२ फाल्गुन २०८२, शनिबार, ,