पाँचथर । सुर्योदय आधारभुत विद्यालयको अध्यक्ष पदमा पुन मनोज लावती निर्वाचित भएको छ । ३ गते आइतबार भएको नयाँ समिति गठन सर्वसहमतिबाट अध्यक्ष लावती सहित समिति सदस्यहरु निर्वाचित भएका हुन । समिति सदस्यमा कुमार लावती जर्न, चन्द्रकुमारी आङबो, सुनीता रम्तेल, कल्पना लामगादे, कमल कुमार राई निर्वाचित भएको प्रधानाध्यापक धनमाया रानाले बताए ।
सोहि दिन सुर्योदय आधारभुत विद्यालयको शिक्षक अविभावक समितिमा पनि पुन रामचन्द्र नेपाल अध्यक्षमा निर्वाचित भएका हुन । सिअसका सदस्यहरु नाहारसिं तुम्बापो, विष्णुमाया खाती, बिमला आले मगर र राजेस नेम्बाङ निर्वाचित भएको छन् ।
समिति गठनको संयोजक स्थानीय जेष्ठनागरिक राजेन्द्र नेम्बाङले गरेको थिए । समिति गठन कार्यक्रममा फिदिम नगरपालिका २ नम्वर वडा अध्यक्ष दिननाथ अधिकारी र पत्रकार बिजयबोध लावतीले नवनिर्वाचित समितिलाई धन्यवाद मन्तब्य राखेका थिए ।
वडाअध्यक्ष अधिकारीले आफ्नो कार्यकालमा वडाका विद्यालयको भौतिक र शैक्षिक सुधारका लागि निरन्तर बजेट विनियोजन गर्दैआएको बताए । आगामि दिनहरुमा समेत विद्यालयको सुधारमा वडाबाट योजनाहरु संचालन गरिरहेन प्रतिवद्धता ब्यत्त गरे ।











प्रतिक्रिया