पाँचथर । प्रत्येक ३ वर्षमा लाग्दै आएको एैतिहासीक त्रिशाली मेला तथा पुजा यो वर्ष लाग्ने भएको हो । तङसुम तङनाम त्रिशाली पूजा र मेला मुल आयोजना गर्न कुम्मायक गाउँपालिका वडा नम्वर –१ का वडाअध्यक्ष तथा पालिका प्रवक्ता देबेन्द्रकुमार लावतीको अध्यक्षतामा ७३ सदस्य मुल समिति गठन भएको छ । पाँचथरको कुम्मायक गाउँपालिका यासक बजार क्षेत्रमा बिगत करिव पचास बर्षअघि बिभिन्न नाममा लाग्ने गरेपछि करिव १५बर्षअघिदेखि तङ्सुम तङ्नाम त्रीशालि पूजा एवम् मेलाको रुपमा लाग्दैआएको छ ।
कुम्मायक गाउँपालिकाका अध्यक्ष वम प्रसाद लावतीले संयोजनमा तङ्सुम तङ्नाम त्रीशालि पूजा एवम् मेला आयोजना गर्ने भेलाले वडाअध्यक्ष लावतीको अध्यक्षतामा मुल समारोह समिति गठन भएको हो । समितिको उपाध्यक्षमा कुम्मायक–५ का वडाअध्यक्ष निर्मलराज घिमिरे, उपाध्यक्ष लक्ष्मी त्रिखत्री, सचिवमा डिल्लीश्वर चेम्जोङ रहेका छन । त्यस्तै सहसचिव तेजप्रकाश लावती, कोषाध्यक्षमा मान बहादुर सम्बाहाम्फे लगायत ७३ सदस्य मुल समारोह समिति गठन भएको पालिक प्रबक्ता लावतीले बताए ।
भेलाले गाउँपालिका अध्यक्ष बम प्रसाद लावतीको संयोजकत्वमा सात सदस्य सल्लाहाकार समिति पनि गठन भएको छ ।सल्लाहाकार समिति सदस्यमा उपाध्यक्ष महेन्द्र बहादुर खड्का, ४ नम्बर वडा अध्यक्ष फगेन्द्र कुमार सम्बाहाम्फे, निवर्तमान पालिका अध्यक्ष जय बहादुर चेम्जोङ, तमोर तमोर पम्पीङ खानेपानी उपभोक्ता समिति अध्यक्ष मेगराज निरौला, २ नम्बर वडाअध्यक्ष बालकृष्ण सेर्मा र जिल्ला समन्वय समिति निवर्तमान सदस्य मनमाया लावती रहेकाछन ।
त्रिशाली पूजा एवम् मेला लाग्ने मिति टुङ्गो लगाउने बाकी रहेको समिति अध्यक्ष लावतीले जानकारी दिएका हुन ।











प्रतिक्रिया