ताप्लेजुङ । मुकुमलुङ पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा सरोकारवालहरुले प्रदर्शन गरेकोछ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्यालीसहित फुङलिङबजार परिक्रमा गरी तोक्मेडाँडामा खारेजी कोणसभा कार्यक्रम गरेका थिए ।
कोण सभामा किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष तथा पहिचानवादी नेता डकेन्द्र सिं थेगिम, पहिचावादी नेतृ झुमा लिम्बू, संघर्ष समितिका अभियान्ता खगेन्द्र फेम्बु लिम्बू अधिबक्ता शंखर लिम्बु, अभियान्ता नन्द कन्दङवालगायतले मुकुमलुङमा केबलकार निर्माण खारेजीको सम्बोधन गरेका थिए । उनीहरुले मुकुमलुङमा केबलकार बन्न नहुने र आफूहरुले कुनै पनि हालतमा बन्न नदिने अडानका आवाज गुञ्जास भएका थिए ।
केबलकार खारेजी संयुक्त संघर्ष समितिले सदरमुकामको प्रवेशद्वार तोक्मेडाँडाबाट सुरु भएको र्याली दोबाटो, पुरानो कोप्चे, वीरेन्द्रचोक, पुरानो बैंक लाइन हुँदै पुन तोक्मेडाँडाको फाल्गुनन्द चोकमा आएर सभामा परिणत भएको थियो ।
सोहि अवसरमा तोक्मे क्षेत्रमा विरोध स्वरुप भित्तेलेखन समेत गरेको संयुक्त संघर्ष समितिले जनाएके छ।
केबलकार खारेजी आफूहरुको एक मात्र माग गरेको उनले दोहोर्याउददै यसअघि भएका झडपका घाइतेलाई सम्मान गर्ने र आइतबार मुकुमलुङ क्षेत्रमा धागो टाग्ने कार्यक्रम रहेको जनाएका छन् । केबलकार खारेजी संयुक्त संघर्ष समितिले प्रदर्शनका क्रममा हुन सक्ने गतिविधिलाई लक्षीत गरी प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरी उल्लेख्य संख्यामा परिचालन गरेको छ भने सेना समेतको संयुक्त गस्ती सदरमुकाम क्षेत्रमा परिचालन गराएको छ ।
आन्दोलनको कार्यक्रम गत पुस १८ गते पत्रकार सम्मेलन गरी नो केबलबार घोषणा गरेका थिए । जसअन्तर्गत १२ गते पूर्वी नेपालका विभिन्न जिल्ला र मुख्य सहरमा केबलकार खारेजी संयुक्त संघर्ष समितिले कोणसभा गर्दैआएको जनाएकाछन् ।











प्रतिक्रिया