Uncategorized

पाँचथरमा १५ दलले उमेदवारी दर्ता गरे



पाँचथर ।   आगामि फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि पाँचथर जिल्लामा १५ ओटा दलबाट उमेदवारी दर्ता गरेकाछन् । नेपाली कागे्रस पार्टीबाट नरेन्द्र केरुङ, नेकपा एमालेका आइन्द्रसुन्दर नेम्बाङ, नेपाली कम्युनिष्ट पार्टी हर्कबहादुर नेम्बाङ मिक्सोले उमेदवारी दर्ता गरोछन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट महेन्द्र बिक्रम थाम्सुहाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका तेजकुमार कुरुम्बाङ, जनता समाजवादी पार्टीका मचिन्द्र प्रसाद बेघा, श्रम सस्कृति पार्टीबाट  हस्तराज सेर्मा प्रविण,  परिवर्तन पार्टीबाट टेक बहादुर यवा, मंगोलनेसनल अग्रनाइजेसनबाट राम कुमार तुम्रोकले उमेदवारी दर्ता गरेकाछन् । 
प्रगतिसिल लोतान्त्रीक पार्टीबाट प्रकाश काफ्ले, नेपाल मजदुर पार्टी लक्षुमण तामाङ, नेपाल कम्युनिष्ट पार्टी(माओवादी)बाट विजय नेम्बाङ, संघीय लोकतान्त्रीक राष्टिय मञ्चबाट भानुभत्र् फियाक, नेपाल जनमुक्ती पार्टीबाट नरेन्द्र प्रसाद कुरुम्बाङ, राष्ट्रिय मुक्ती पार्टी नेपालबाट मित्रप्रसाद लिङदेनले उमेदवारी दिएको  जिल्ला निर्वाचन प्रमुख कुमार मास्केले बताए । 
पाँचथरमा पुरानो र नया दलहरु गरी १५ ओटा दलबाट उमेदवारी दिए पनि दलविहीन ब्यक्ती अर्थात स्वतन्त्रले यस पटक दिएका छैनन् । अधिकंस दलहरुले फिदिम बजार परिक्रमा गरेर जिल्ला निर्वाचन आयोगमा शान्त्तीपुर्ण वातावरणमा उमेदवारी दर्ता गरेको जनाएकाछन् ।

प्रकाशित : ६ माघ २०८२, मंगलबार, ,