काठमाण्डौ । आगामी चुनावका लागि निर्वाचन आचारसंहिता आज राति १२ बजेबाट लागू हुने निर्वाचन आयोगले जनाएको छ । आचार संहिता आइतवार राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू रहनेगरी आयोगले आज विज्ञप्ति जारी गरेको छ ।
यही माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचार संहिता जारीगरेको आयोगले जनाएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ र निर्वाचन आचार संहिता, २०८२ बमोजिम आचार संहिताको पालना तथा कार्यान्वयन गराउन सबै सम्बन्धित पक्षलाई आयोगले निर्देशन दिएको छ ।











प्रतिक्रिया