सभ्यता

रैथाने नाँचमा समावेसीपन बढ्दो



पाँचथर ।   पुर्वी नेपालमा बसोबास गर्ने याक्थुम लिम्बु समुदायको लोकपिय धाननाँच अर्थात यालाङ पछिल्लो समय समाबेसी बन्दै गएको छ । खुशियालीमा नाँचिने धाननाँच चाडपर्व, बिबाह र शुभ कार्यहरुमा नाँच्ने गरीन्छ । समुदाय आफै लोप हुन नदिन संरक्षण गर्न लागिरहेका बेला समाबेसी धानाच अभियान सुरु भएर झन लोकप्रिय बढ्दो अवस्थामा छ । पुर्वी नेपालमा लिम्बुले मात्रैेनाच्दै आएको धाननाँच यतिबेला ब्रामण, क्षेत्री, अन्य जनजाती र दलित समुदाय नाँच्न थालेको खुशीयाली सुनाउने गरेकाछन् ।

सामाजिक अगुवा सुर्यकुमार निरौलाले फिदम गढीमा हरेक बर्ष लाग्दै आएको चासोक मेलामा धान नाँचीरहेकोला लिम्बूको सास्केतिक धानाचमा हामिजस्तत गैयलिम्बुले नाच पाउदा अत्यन्तै गौरम्भि भएको बताउनु भयो । धाननाँचीरहेका फिदिम नगर ९ नम्बर वार्ड अध्यक्ष गंगा राईले आफु लिम्बु समुदायमा जन्मीहुर्किएकाले पनि धाननाँच रुचाउने गरेको भनाइ छ ।

उिहिले पुर्खाले कठिन परीश्रम गरी अन्नबाली रोपेर फलेपछि भित्याउने समय यालाङ नाँच्न सुरु गरेको जनश्रुती छ । उहिले धान झारेको समय धानको ह्रास थुप्रिएको स्थान खलामा चराचुरुङगी छेक्न वा धपाउनका लागि सामुहिक रुपमा हात समाएर घुम्न थालिएको अवस्थानै पछि धाननाँच हुन गएको साँस्कृतिक अन्वेसकहरु बताउछन् । त्यहि नाँच पुर्वी नेपालका जिल्लाहरुमा भने जताततै नाच्न थालेर खुशयाली मनाउने प्रचलन जस्तै भएको सास्कति अन्वेसक चन्द्रकुमार आङदेम्बे बताउछन् ।

पाँचथर, ताप्लेजुङ, तेहथुम्म, धनकुटा र इलाममा बसोबास गर्ने लिम्बु समुदायले नाँच्ने गरेका स्थानमा अन्य समुदाय पनि सहभागि हुने थालेर थप आकर्षण बन्दै गएको छ । पुरुष महिला युगल वा सामुहिक रुपमा हात समाएर नाँचिन्छ । यालाङ लोप हुने क्रम बढेपछि पछिल्लो समय स्थानीय तह र सामाजिक संस्थाहरुले संरक्षण तथा प्रर्बद्धन गरेर समाबेसी धाननाँचको प्रचलन बढेको जनाएका छन् ।

 

 

प्रकाशित : २५ पुस २०८२, शनिबार, ,