पाँचथर । नेपाल मगर संघले माघीको अवसरमा रैथाने खानेकुरा परिकार मेला आयोजना गर्ने भएको छ । आदिवासी जनजातीको परम्परा परिकारको स्वाद चखाएर यसबर्षको माघे पर्व माघ १ र २ गते फिदिम बजारको जिल्ला समन्वयको खुल्ला मञ्च तथा विपी पार्कमा हुने जनाएको छ ।
नेपाल मगर संघ पाँचथरले विहिबार फिदिममा पत्रकार सम्मेलनको आयोजना गरेर आदिवासी जनजाती आठ संस्थाबाट आआफ्ना रैथाने परिकार पर्व मनाउने संघ पाँचथर अध्यक्ष यौवन थापा मगरले बताए ।
मगरको महान पर्व माघ्या सकराती (माघे सक्राती)को अवसरमा जनजातीका खानेकुरा परिकार, भेषभुसा र नृत्यहरु प्रस्तुत हुनेछन् । परिकारहरुमा याक्थुङ लिम्बुको तोबा, याङबेन, सेरगेम्बा परिकार हुनेछ । राईको वाचिपा, सेरगेम, तमु गुरुङको भेडाको मासु र रोटी, नेवारको छोयला र मम रहनेछ भने त्यसैगरी मगर, शेर्पा, तामाङ र सुनुवारको पनि खोनेकुराहरु रहने आयोजकले जनाएको छ ।
सोहि अवसरमा जनजातीका सास्कृतिक झाँकि र परम्परा भेषभेषा र नृत्यहरु समेत प्रर्दसन हुने मगर संघका सचिव प्रेम केप्छाकीले जनाए ।
विगत बर्षहरुमा पनि नेपाल मगर संघ पाँचथरले बिभिन्न स्थानहरुमा माघे पर्व मनाउन मगर समुदायको खानेकुराको परीकार खुवाउने र आफ्नो भाषा तथा सास्कृतिक नृत्यहरु प्रर्दसन गर्दैआएकाछन् ।











प्रतिक्रिया