Uncategorized

कोशीमा मन्त्री परिवर्तन

असफलता लुकाउने प्रयास गरेको प्रतिपक्ष दलको नेता आङ्बोको दावि छ ।



विराटनगर ।   कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मंगलबार कांग्रेस एमाले गठबन्धन सरकारमा रहेका सबै मन्त्री हटाएर नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले एमालेबाट विदुर लिङथेपलाई आर्थिक मामिला, चिन्तन (तिलचन) पाठकलाई खानेपानी, इन्द्रमणि पराजुलीलाई आन्तरिक मामिला तथा कानुन र रामकुमार महतोलाई सामाजिक विकास मन्त्री नियुत्त गरेकाछन् ।

कांग्रेसबाट प्रदीप सुनुवार भौतिक पूर्वाधार, भीम पराजुली पर्यटन वन, मानबहादुर लिम्बु स्वास्थ्य र इस्राइल मन्सुरी उद्योग तथा कृषि तथा सहकारी मन्त्री बनेका छन् । शोभा चेम्जोङलाई भौतिक पूर्वाधार राज्यमन्त्री नियुत्त भए। कांग्रेस एमालेका ५ । ५ नयाँ नियुक्त गरीएका मन्त्रीको कार्य अवधि एक वर्षको हुनेछ ।
बहिर्गमनमा परेका कांग्रेसका मन्त्री २०८१ भदौ २८ गते मन्त्री बनेका थिए । एक वर्ष पुगेपछि उनीहरूलाई फिर्ता बोलाउने गृहकार्य सुरु भएको थियो ।

एमालेबाट २०८१ जेठ पहिलो साता रामबहादुर मगर, एकराज कार्की, पाँचकर्ण राई र लिलाबल्लभ अधिकारी मन्त्री बनेका थिए । विवादमा परेर अधिकारीले राजीनामा दिएपछि २०८१ मंसिरमा रेवतीरमण भण्डारी मन्त्री बनेका थिए ।

एमालेका रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुन, राम राना आर्थिक मामिला, एकराज कार्की खानेपानी र पाँचकर्ण राई सामाजिक विकास मन्त्री थिए । राज्यमन्त्री सिर्जना राई थिइन् । उनीहरू सबै फिर्ता भए ।

कांग्रेसबाट भूपेन्द्र राई भौतिक पूर्वाधार र स्वास्थ्य, सदानन्द मण्डल पर्यटन र खगेनसिं हाङगाम कषि मन्त्री थिए । भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री थिए । उनीहरू पनि फिर्ता भएका हुन ।

उमाकान्त गौतमलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्री बनाइएको छ । उनी गर्त वर्ष पनि राज्यमन्त्री बन्ने तयारीमा थिए, तर अन्तिममा ब्याक भए ।


असफलता लुकाउने प्रयास गरेको प्रतिपक्ष दलको टिप्पणी

कोशी प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मन्त्रिपरिषद् पुनर्गठनलाई ‘सरकारको असफलता लुकाउने नाटक’ भएको बताए ।

असफल सरकारबाट प्रदेशवासीले केही आस गर्न नसक्ने नेता आङ्बोको भनाइ छ । ‘उहाँहरूले भागबण्डा पुर्‍याउने र नेता व्यवस्थापन गर्ने बाहेक अन्य काम नभएको र यो सरकार असफल भएर मान्छे फेरेर गरी पुरानै जग थमाउने सरकार बनेको नेता आङ्बोको दावि छ ।

प्रकाशित : २१ पुस २०८२, मंगलबार, ,