समाचार

लोकमार्ग सडकमा पुलहरु बनेर भरीया जीवन अन्त्य हुदै



पाँचथर ।    सडक तथा पुल नहुदा कठिनाइ र सास्तिपुर्ण जीवन अव क्रमस भुल्न थालेकाछन् । पहाडी जिल्लाबासीले सडक तथा पुल नहुदाको कठिनाइ जिवन बर्णन गर्दा कहाली लाग्दो आभास हुन थालेकाछन् । पहाडीया जिवन भनेकै सदियौदेखि भारी बोकेर गुजारा चलाउनु पर्ने हुन्थो । जुनदिनदेखि पुष्पलाल मध्यपहाडी लोकमार्ग सडक निर्माणसंगै ठुला नदि तथा खोलाहरुमा पुल बन्न थालेर पहाडका भरिया जनजिवन पनि अन्त्य भएर दुर्गमबासी झनै खुशी भएकाछन् । तेह्रथुम आठराइ गाउँपालिका ४ निबासी प्रकाश इङनामले तमोर नदिमा काठको ढुङगा चढ्दाको कहाली लाग्दो जिवन सम्झदा पनी आङजिरिङग हुने गर्छ । पछि त्यसै नदिमा झोङलुगे पुल बन्यो । यतीबेला कालोपत्रे सडक र पक्की पुलहरु बनेर सहजका बर्र्णन गर्न नसकिने खुशी सुनाउनु हुन्छ ।

भारतको सिक्कीमसंग जोडिएको पाँचथर जिल्लाको चिवाभन्ञ्याङदेखि भोजपुरको चखेवासम्मको तिनसय छयासी किलोमिटर सडकमा पर्ने ठुलासान नदि तथा खोलाहरुमा पन्द्रओटा पुल बनेका हुन । त्यसमध्ये पाँचथर जिल्ला पर्ने ९१ किलोमिटर लोकमार्ग सडकका नदि तथा खोलाखोल्सीहरुमा एघारओटा पक्की पुल बनेर पुर्व पहाडीजिल्लाबासीलाई आवतजावत सजिलो भएकाछन् ।

तमोर नदिमा बनेको पक्की पुलले भने ढुङ्गाको सहारा समेत अन्त्य गरीदिएको छ । केहि स्थानमा बनेका झोलुङगे पुलहरु पनि प्रयोगहिन भएकाछन् । केहिबर्ष अघिदेखि पाँचथरमा बाँकी एकाउन्न किलोमिटर सडक निर्माणकालागि साडे पाँच अर्बको कालोपत्रे सडक निर्माणधिन अवस्थामा छन् । लोकमार्ग सडक तथा पुलहरु निर्माण सम्पन्न भएर सम्पन्न भएर नागरिकको जीवनयापन समेत सुधारउन्मुख अवस्था रहेको तेह्रथुम जिल्लाका प्रदेससभा सदस्य दुर्गा चापागाईको भनाइ छ ।

लोकमार्ग सडक भनेर चिवाभञ्याङ झुलाघाटसम्म यात्रा अभियानहरु समेत सुरुहुन थालेकाछन् । राजैतिक, सामाजिक र अन्य अभियानहरु त्यसमागमा पर्ने सडकपुल बनेर अठारसय किलोमिठटर दुरीको चिवाभञ्याङ झुलाघाट अभियान बाक्लौ हुन थालेकाछन् ।

प्रकाशित : २१ पुस २०८२, मंगलबार, ,