पाँचथर । आजभन्दा चालिस बर्षअघिसम्म गोरेटो बाटोहरुमा थिए । सडकको रेखाहरुसम्म कोरिएका थिइनन् । पैदलै हिडेर गन्तब्य स्थान पुग्नुपर्ने बाध्यता थिए । सडक संजाल जोड्न नसकेका स्थानहरुमा पैदल हिडनु पर्ने थिए । पाँचथर जिल्ला अर्थात पहाडी जनजीवन हिडेरै पुग्नु पर्दथ्यो । त्यसबेला बटुवाहरु बासबस्ने स्थानहरु गोरेटोबाटो आसपास छिटपुट घर थियो ।
त्यसबेला नेपालको पुर्वी जिल्लाबासी मुगला अर्थात घर छोडेर रोजगार र ब्यापारका सिलसिलामा जिल्ला वा देसबाहिर जानु पर्दयो । त्यसबेला बाटोमा साँझपर्दा बासबस्नै पर्दथ्यो । बटुवाहरु बासबस्ने घरहरु बिरलै हुन्थे । क्रमस बासबस्ने स्थान यतिबेला बजारको रुपमा विस्तार भएका हुन ।
बटुवा बासबसेर बजार बनेका पाँचथर जिल्लामा पनि धेरै संख्यामा छन् । फिदिम नगरपालिका वडा नम्बर ३ साबिक लालिखर्क गाविसमा रहेको लालिखर्क, बजार कान्दीदोकान बजार र सुम्नीमा बजारको सुरुवाती बटुवा बासबस्ने क्रमबाट भएको स्थानीय बयोबृद्धहरुको भनाइ छ ।
२०३० सालअघि पाँचथर र तेह्रथुम जिल्लाको नागरिकले खाद्यवस्तु र लताकपडा किन्ने बजार अर्थात दोकान भनेको लालिखर्क थियो । स्थाराईका अनुसार करिव २०१५ सालबाट भारतबाट सामान ल्याएर बिक्री गर्ने भारतीय नागरिकाको पसल थियो । २०३२ सालबाट जब मेचिराजमार्ग निर्माण भएर लालिखर्क बजारमा चाप घटेको राईको भनाइ छ ।
लालिर्खकको बाटो हुदै इलाम र झापा जिल्ला झर्दथे । त्यहिबाटो भएर भारतको दाजिलिङ र सिक्कीम जाने पैदल गोरेटो बाटो थियो । त्यस समय लालिखर्कमा बासबस्ने बटुवाहरु प्रसस्तै हुन्थे । राई र नेवार जाती बसोबास रहेको लालिखर्कमा चहलपहल घट्दो अवस्था भएर यतिबेला सामुदायिक होमस्टे बनाएर आगन्तुक अर्थात पर्यटक आकर्षण गरीरहनु परेको स्थानीय टंकले बताए ।

त्यसकै नजिक सुम्नीमा बजार पनि सुरुमा बटुवा बासबस्ने स्थाननै हो । स्थानीय भत्तबहादुर राईका अनुसार त्यहाँ अम्बुले राईको एकघर थियो । अम्बलेटार भनिन्थ्योे । सुम्नीमा कल्ब गठन गरेर खेलहरु सुरु गर्ने क्रममा सडक सुचारु भएसंगै घरबस्ती बस्ने क्रम बढेर अम्बुले हुदै सुम्नीमा बजार चोक भएको हो । त्यस स्थानमा रहेको बिद्यालयको नाम र सामुदायिक वन समेत सुम्नीमा नामाकरण गरेर सुम्नीमा बजारको परिचय बन्यो ।
फाँटिलो जमिन भएको त्यस स्थानमा राई समुदायको मुन्धुमी चुलो तारारुङरी खिम, स्वर्गीकमार्गको योगशाला र इसाइको चर्च बनेकाछन् । राई र तामाङ जाती बसोबास रहेको सुम्नीमा बजार बढ्दो अवस्थामा छ ।

त्यसै बाटोमा पर्ने कान्छीदोकान पनि बाटो हिड्ने बटुवा बस्ने स्थान हो । स्थानीय प्रकाश तामाङका अनुसार त्यहा एक घरमात्र थियो । सडक बनेर गर्जमा तामाङ गोलेले पसल सुरु गरे । २०४६ सालमा राँके बजार जेठिदोकान, पौवाभञ्याङ माइलीदोकान र आफ्नो पसलको नाम कान्छीदोकान राखे । घरको ढोकामा ढुङगेखरीले कान्छीदोकान नाम राखेर त्यस बेलाको एकघर पछि कान्छीदोकान बजार भएको तामाङको भनाइ छ । यतिबेला कान्छीदोकान बजारमा एक दर्जनबढि घरपसलहरु छन् । त्यस बजारमा तामाङ, गुरुङ र शेर्पा बसोबास रहेको रहेकाछन् । संघीय पुनर्सरचना भएर त्यहा ३ नम्बर वडा कार्यालय स्थापना भएर बजारमा चहलपहल बढेको छ ।
लालिखर्कमा बजार सुरु हुनथालेर किसानले उत्पादन गरेको कृषिजन्य वस्तु सटही बजारका रुपमा दुतिया बजार लाग्न सुरु गरेर बेसीका किसानले धान तथा फलफुल र लेखका किसानले आलु साट्न सुरु भयो । दुतिया बजार हरेक महिनाको २५ गते लाग्दैआएको छ । अहिले पनि त्यस बजार लेकाली र बेसीका किसानले वस्तु किनबेच गर्ने रैथाने बजार लाग्छ । दुतिया बजार पर्यटकिय बजारको परिचय बनाएको छ । दुतिया बजारले लालिखर्क बजार , सुम्नीमा बजार, कान्छीदोकान बजारलाई थप राहत पुगेको छ ।
लालिखर्क बजार , सुम्नीमा बजार, कान्छीदोकान बजार र दुतिया बजार प्रर्बद्धन थप आकर्षण र ब्यवस्थीत बनाएर स्थानीयको आर्थिक सुधार गर्ने प्रयासहरु थुर्पै भएको वडाअध्यक्ष नरेन्द्र गुरुङले बताए । कृषि, पर्यटन, सास्कृतिक र अन्य आकर्षण पुर्वाधारहरु बनाएर बजार विस्तारमा स्थानीय तहको पहल भइरहेकाछन् ।











प्रतिक्रिया