खेलकुद

आठऔंं मिनि म्याराथन दौड



पाँचथर ।  फिदिम नगरपालिका वडा नम्बर ४ मा चासोक पर्वको अवसरमा आयोजित आठऔंं  मिनि म्याराथन दौडमा पूरुष तर्फ ताप्लेजुङका अमर तेङबुङ प्रथम भएको छ । उनले निर्धारित दुरी १९ मिनेटमा पूरा गरेका थिए । त्यस्तै २० मिनेटमा निर्धारित दूरी पूरा गरेका पाँचथरका ओजन राई द्वितृय भए । २० समनेट ३० सेकेण्डमा मेन्छोमा निर्धारित दूरी पार गरेका ताप्लेजुङकै रमेश लिम्बु तृतीय भएको छ ।

साढे नौ किलोमिटर दौडमा प्रथमले नगद ३० हजार, दितियले २० हजार र तृतीयले १० हजार रुपैंयाँ, मेडल र प्रमाण पत्र प्राप्त गरकाछन् ।

पाँच दसमल दुइ किलामिटर दुरीको महिला तर्फमा पाँचथरकी पुष्पा सेर्माले १९ मिनेटमा दुरी पारगरी प्रथम भएकी हुन । पाँचथरकै क्रितिका नेम्बाङले २० मिनेट दुरी पार गरेर दितृय भइन भने पाँचथरकै मेन्छोमा तुम्बापोले २० मिनेट ३० सेकेण्डमा सोहि दुरी पार गरी तृतीय भएकी हुन ।

महिला तर्फका प्रथम नगद १५ हजार, दितृय १० हजार र तृतिय ५ हजार नगद सहित मेडल र प्रमाण पत्र पाएकाछन् । डौडमा पुरुष तर्फ जना ४३ जना र महिला तर्फ १६ जनाले प्रतियोगितामा भाग लिएको आयोजक सुम्जिरी सुम्हालुङ समितिले जनाएको छ ।

म्याराथन दौडमा बिजेता तथा उपबिजेताहरुलाई फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले र उपप्रमुख राधाकृष्ण न्यौपानेले पुरस्कार वितरण गरेका थिए ।

म्याराथन दौडमा नगर प्रमुख काफ्लेले नगरबाट खेलका लागि प्रयाप्त रकम विनियोजन गरेर खेलाडी र खेल प्रबद्र्धनका कार्य गर्दैआएको बताउनु भयो । नगरमा हुने जुनसुकै खेल विकासमा भौतिकदेखि खेल पुरस्कार तथा अन्य सहयोग गरेर खेलबाट पर्यटकन प्रर्बद्धनका कार्यमा समेत नगरको अभियान निरन्तर रहेको बताए ।

प्रकाशित : ११ पुस २०८२, शनिबार, ,