राजनिति

राष्ट्रपतिको आव्हानमा प्रधानमन्त्री सहित तिन ठुला दलका नेताको सामुहिक भेट



काठमाडौं । राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच अहिले भेटवार्ता भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रधानमन्त्री सुशीला कार्कीसहित शीर्ष तीन नेता कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच आज शीतल निवास भेटवार्ता भएको हो।

मंगलबार राष्ट्रपतिको आह्वानमा तीन दलका शीर्ष नेता र प्रधानमन्त्री शीतल निवासमा पुगेका हुन्। भदौ २३ गतेको जेनजी आन्दोलन पश्चात तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका् थियो । ततपश्चात राष्ट्रपतिले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेपछि तिन ठुला दलका नेता पुर्व प्रधानमन्त्रीहरु देउवा, ओली र दाहाल पहिलो भेटघाट भएकाछन् ।

प्रधानमन्त्रीले प्रतिनिधि सभाको विघटनको सिफारिस गरेपछि विघटन गर्दै राष्ट्रपति पौडेलले सरकारलाई ६ महिनाभित्र निर्वाचन गराउने म्याण्डेट दिएका थिए। फागुन २१ गते तोकिएको निर्वाचनको मिति नजिएपनि दलहरूले सरकारले निर्वाचनको वातावरण नबनाएको भन्दै आलोचना गर्दै आएको बेला राष्ट्रपति पौडेलको रोहबरमा आज ठुला दलका नेता पुर्व प्रधानमन्त्रीहरु देउवा, ओली र दाहाल बीच शीर्ष नेताहरूबीच छलफल गराएका हुन्।

कार्कीले संसद् विघटन गरेपश्चात शीर्ष नेताको संयुक्त बैठक बस्न सकेको थिएन। प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेताको अनुहारसमेत हेर्न नचाहेको अभिव्यक्ति दिएपछि दलहरु रुष्ट थिए। प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेतालाई नभेट्ने अडान राख्दै आएकी थिइन्।

एमाले र कांग्रेससहितले संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिइसकेकाले पनि निर्वाचन माहोल बन्न नसकेर छलफलमा जुटेका हुन ।

प्रकाशित : ७ पुस २०८२, मंगलबार, ,