बिशेष

पाँचथरका जेनजी शहीद कमल भण्डारी



पाँचथर  जेन्जी शहीद कमल भण्डारीको श्रीमती शितललाई ‘एकैछिनमा आउँछु’ भनेर हिँडेका उनी रात पर्दापनि घर फर्कनु भएन । भदौ २५ गते बिहान १० बजे कमलको फोन बीएन्डसी अस्पतालका सुरक्षागार्डले फोन उठाएपछि आन्दोलनमा शहिद भएका जानकारी भयो ।    

जेनजी आन्दोलनमा भदौ २३गते १९जना आन्दोलनकारीको ज्यान गएको घटनापछि उहाँ भदौ २४गते आन्दोलनमा जोडिनु भएको थियो । हक्की र प्रष्टवक्ता भण्डारी आन्दोलनको अग्रमोर्चामा रहने क्रममा गोली लागेर भदौ २४ गते साँझ शहीद हुनुभएको थियो ।

११वर्ष विदेशमा रहँदा पाँचथर जिल्ला हिलिहाङ गाउँपालिका वडा नम्बर २ फलाँटेका कमल भण्डारीले देशमा भष्टचारमुक्त र सुशासन होस् भन्ने चाहना थियो । भण्डारी नेपाल आउदा सुशासनहिन र सामाजिक सञ्जाल माथिको प्रतिवन्ध फुकुवा जस्ता मागमा जेनजी आन्दोलनमा सहभागी हुदा झापाको विर्तामोडमा भदौ २४ गते गोली लागेर शहीद हुनुभयो ।

साउदी अरेबिया गएको तीन वर्षपछि उहाँ गत चैतमा स्वदेश फर्कनुभएको थियो । श्रीमती शितल र छोरा रियान्स तथा बहिनीसमेत झापाको विर्तामोड नगरपालिका–१ विराट चोकमा साढे दुई कठ्ठा जग्गा खरीद गरि बस्तैआउनु भएको थियो । आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय विर्तामोड छेउमा झडपमा कमलको कन्चटमा गोली लागेको थियो । घाइते कमललाई सुरक्षाकर्मी र आन्दोलनकारीले उद्धार गरेर बीएन्डसी अस्पताल पु¥याएका थिए । उपचारको क्रममा कमलको शवलाई २८ भदौमा अमरपुर ल्याई दाहसंस्कार गरिएको थियो । जेन्जी शहीद भण्डारीका  परीवरलाई संघीय सरकार प्रदेस सरकारबाट उपलब्ध भएको सोह्र लाख रकम समयमै उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय पाँचथर कर्मचारी प्रकास अधिकारीले बताए ।

गणेशप्रसाद भण्डारी र खगमाया कार्की (भण्डारी) का माइला सुपुत्र कमलको जन्म २०५२ साल चैत १५ गते भएको थियो । हिलिहाङ–२ सिंहपुरस्थित सिंहपुर पशुपति माध्यमिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गरेको बुवा गणेशको भनाइ छ ।

स्थानीयवासी ज्ञानबहादुर अधिकारीले शहीद कमल भण्डारीलाई एक स्पष्ट र सकारात्मक सोच भएको युवाका रुपमा सम्झनुहुन्छ ।

 

प्रकाशित : १६ मंसिर २०८२, मंगलबार, ,