विराटनगर । १५ राजनीतिक दल र समूहको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीले सोमबार विराटनगरमा एकता सन्देशसभा आयोजना गर्यो । देश दौडाहा रहेको नेकपाको चौथो सभा थियो विराटनगरमा भएको हो । धनगढी, दाङ र पोखरा हुँदै विराटनगर भएको हो । दिउँसो १२ बजेबाट सुरु गर्ने भनिएको सभामा सवा १ बजे नेताहरू आइपुगेर सुरु भयो ।
नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अन्तिम सम्बोधन थियो । प्रचण्डले वर्तमान सरकारले तोकिएकै मितिमा निर्वाचन गर्नु पर्ने बताए । ‘सरकार गठनमा हाम्रो पनि भूमिका छ, सरकारले बुझोस् कुनै आग्रह पूर्वाग्रह नराखोस्, तोकिएकै मितिमा चुनाव हुनुपर्छ,’ उनले भने ।
उनले आन्तरिम सरकारका मन्त्रीलाई दीर्घकालीन असर गर्न काम नगर्न आग्रह गरे । दीर्घकालीन काम गर्ने म्यान्डेट सरकारलाई नरहेको उनको भनाइ थियो । प्रचण्डले राष्ट्रको रक्षाका लागि राष्ट्रिय फौज बनाउनुपर्ने पनि बताए ।
जेनजी आन्दोलनपछि प्रचण्डले फेरि फौजको विषय उठाएका हुन् । ‘हामीसँग ३ करोड नेपालीको राष्ट्रिय फौज बनाउन सक्ने तागत छ, यदी तीन करोड नेपाली नै देशका लागि जरुरी पर्दा मर्न तयार हुने हो दुनियाँको कुनै तागतले नेपाललाई हराउन सक्दैन,’ उनले भने, ‘हामी सबै राष्ट्रको निम्ति देशको स्वतन्त्रता र स्वाधीनताका निम्ति, नेपाली जनताको आत्मसम्मानका निम्ति एउटा नयाँ राष्ट्रिय फौज, सम्पूर्ण जनता नै फौज बन्ने प्रतिवद्धता र संकल्प नगर्ने हो भने, जरुरी परे नेपाली सेना, सुरक्षा फोर्ससँग मिलेर सम्पूर्ण जनता राष्ट्रका निम्ति लड्न तयार नहुने हो भने हामीले बचाउन सकिँदैन ।’
जनयुद्धपछि शान्ति प्रक्रियामा आएका प्रचण्डका यस्ता कुरा सुनेर थपडी बजाउनेहरू प्रशस्तै थिए । तर, यसपटक उनका यस्ता कुरा सुनेर सिट्टी फुक्ने ताली ठोक्ने थिएनन् ।
पूर्वप्रधानमन्त्री तथा नेकपा सहसंयोजक माधवकुमार नेपालले सम्बोधनमा कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी चरित्रलाई जोगाउन र राष्ट्रको रक्षाको निम्ति नेपाली कम्युनिष्ट पार्टी गठन गरिएको बताए ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालको । देश गम्भीर संकटमा गुज्रिरहेको बताउँदै उनले निकास दिनका लागि कम्युनिस्ट पार्टी एकतामा जोडिएको बताए ।
भीम रावलपछि नारायणकाजी श्रेष्ठले सम्बोधन गरे । उनले संविधान र राष्ट्रियताको रक्षाका लागि निर्वाचनमा जानुपर्ने बताए ।
रुपेशपछि प्रमोदनारायण यादव, गोपाल किराँती, राजेन्द्र श्रेष्ठले, भीम रावलले सम्बोधन गरे ।
जेनजीको तर्फबाट महेन्द्र मोरङ स्ववियु सभापति रोहित यादव र डिग्री क्याम्पस स्ववियु सभापति पृतम साहले सम्बोधन गरे । त्यसपछि नेकपा एमाले छाडेर नेकपामा प्रवेश गरेका रुपेश खतिवडाले सम्बोधन गरे ।
तत्कालीन नेकपा एकीकृत समाजवादी कोशी प्रदेशकी अध्यक्ष सरिता खड्काले पनि सम्बोधन गरिन् । सभामा सुरुमा प्रदेश इञ्चार्ज हरिबोल गजुरेलले स्वागत सम्बोधन गरे ।तत्कालीन नेकपा माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले सञ्चालन गरेका थिए ।













प्रतिक्रिया