पाँचथर । यो किसानका लागी बनाएको ब्यवस्थित घरटहरा हो । तर करिव चारबर्षदेखि अलपत्र बनेको छ । नगरपालिकाले एक करोड बढि रकम लगानीमा निर्माण गरीएको कृषि हाटबजार हो । त्यहि स्थानमा किसानले उत्पादन गरेको कृषिजन्य वस्तु बिक्री वितरण गर्न बनाएको घरटहरा संचालन नभएर यतिबेला अलपत्र बनेको छ ।
पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नम्बर १ को मूस्कान चोक नजिकै सनिवारे कृषि हाटबजार निर्माण गरीएका घरटहरा संचालनमा भने कसैले चासो देखाएका छैनन् । २०७४ सालमा निर्वाचित स्थानीय जनप्रतिनिधीले सनिबारे हाटबजार संचालन गर्न निर्माण गरेको थियो । नगरको धेरै रकम लगानी भएर निर्माण गरिए पनि सम्बन्धीत निकायले समेत चासो देखाएका छैनन् । २०७९ सालमा निर्वाचित फिदिम नगरपालिका प्रमुख मित्र प्रसाद काफ्ले ले भने त्यस स्थानमा बजार संचालन गर्न सक्ने अवस्था नभएको बताउदै नगरले अन्तै बनाउन स्थानको खोजी भएको भनाइ छ ।
फिदिम बजारको मुख्य हाटबजारको रुपमा सनिबार लाग्दै आएको साप्ताहिक कृषि बजार संचालन गर्ने लक्ष्य लिएर बार्षिक दुइलाख पचास हजार रकम नगरपालिकाले तिर्दैआएको छ । बिसबर्षका लागि लिजमा लिएको जग्गा न प्रयोगमा आउन सक्यो, न जग्गा भाडा तिर्ने सर्त बदर हुन सक्यो ।
किसानले उत्पादन गरेको कृषि जन्य वस्तु विक्री गर्ने जिल्लाकै प्रमुख बजार अन्योल भएको अवस्थामा भने फिदिम बजारबासी चिन्तीत भएकाछन् । सनिबारे कृषि हाटबजार स्थानान्तरणनै हुन सक्यो, न त्यस बजार ब्यबस्थीतनै बन्न सक्यो । तिस बर्षदेखि निरन्तर सडकमा कृषि बजार लागेर किसान, बिक्रेता र उपभोक्ता समेतको हाटबजार असहज अन्त्य हुन नसकेको गुनासो अझै पनि ताजै छन् ।











प्रतिक्रिया