कृषि

पुरानो कृषि हाटबजार उस्तै



पाँचथर ।  जिल्लाको मुख्य कृषि बजारको रुपमा परिचय बनाएको सनिबारे कृषि हाटबजार हो । २०१८ सालबाट फिदिम बजार विस्तार भएको थियो । किसानले उत्पादन गरेको कृषि जन्य वस्तु त्यसबेलादेखि बिक्री गर्ने बजार अब्यवस्थीत तरीकाले धुल्याम्य सडक गल्छी र नाली आसपास क्रिर्की गर्दै आएका थिए । लामो समयसम्म सडक गल्छीमा स्थानीय किसानले फलफुल तथा तरकारी बिक्री गरे ।

२०५२ सालबाट एकृकित बजारको रुपमा फिदिम माबिको जग्गा सनिबारेमा सुरु भएको थियो । किसानले उत्पादन गरेको कृषिजन्य वस्तु बिक्री गर्ने भरपर्दो बजार भने करिव ३० बर्षदेखि निरन्तर लाग्दै आएको त्यसबजार अहिले पनी बाटोमै बिक्री गर्दैआउनु परेको गुनासो छ ।

सयौ किसानको जिवन निर्भाह गरिखाने सनिबारे कृषि बजार बनेको छ । सनिवार विहान करिव ५ बजेदेखि ११ बजेसम्ममात्र बजार लाग्ने गरेको छ । किसान आफैले उत्पादन गरेको कृषिजन्य वस्तु आफै बिक्री गर्ने बजार पनि हो । किसानले पछिल्लो समय स्थानीय तह र प्रदेस सरकारबाट पाएकको कृषिजन्य अनुदान र सहयोगले उत्पादनमा सुधार भएर किसानको निर्भाह क्षेत्र बनेर कृषि कर्ममा उत्साहित भएकाछन् ।

उत्पादन खेर जान नदिन र ब्यबस्थीत बजार बनाउने अभियान सफल हुन सकेन । किसानको सडकगल्छीको बिक्री अवस्थाको अन्त्य गर्न र बर्षाको समय बिक्री गर्न सकिने गरी बजेट विनियोजन गरेर सनिबारे कृषी बजार संचालन गर्ने नगर प्रमुख मित्र प्रसाद काफ्ले बताए ।

प्रकाशित : ७ मंसिर २०८२, आइतबार, ,