पाँचथर । मिक्लाजुङ गाउँपालिका रविमा सम्पन्न भएको प्रथम खुल्ला पुरुष मेन्स डबल्स बि लेबल ब्याटमिन्टन प्रतियोगिताको उपाधि विर्तामोडका जोडी उत्सव उप्रेती र दिनेश भट्टले जितेका छन् । उज्यालो समाज रविद्वारा आयोजित प्रथम खुल्ला पुरुष मेन्स डबल्स बि लेबल ब्याटमिन्टन प्रतियोगिताको उपाधि विर्तामोडका जोडी उत्सव उप्रेती र दिनेश भट्टले धरानका ज्ञानेन्द्र बहादुर तेम्बे र मिङमा सेर्पालाई २१।१६, २१।१३,२१।१५ को सेटमा पराजित गर्दै जितेका हुन् ।
उपाधिसँगै विर्तामोडको उप्रेती र भट्टको जोडीले नगद ४० हजार रुपैयाँ सहित मेडल ट्रफि जितेका छन् । उपविजेता धरानका तेम्बे र सेर्पाले नगद २० हजारमा चित बझाएका छन् । उपाधि विजेता विर्तामोडका जोडीले इटहरीका जोडी एन्ड्रेस लिम्बू र अनमोल राईलाई सेमिफाइनलमा २१।१७, ११।२१, २१।१८ सेटमा पराजित गर्दै फाइनल प्रवेस गरेका हुन भने उप विजेता धरानका जोडीले सेमिफाइनलमा रविका विशाल राई र शुकराज पाङमीलाई २१।१७, २१।१८ को सोझो सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।
प्रतियोगितामा तृतीय भएका रविका जोडी विशाल राई र शुकराज पाङमी र इटहरीका जोडी एन्ड्रेस लिम्बू र अनमोल राईको जोडी नगद १०र१० हजार नगद प्राप्त गरेका छन् । मंसिर १ गते देखि ३ गते सम्म पाँचथरको रवि कभर्डहलमा सञ्चालन भएको प्रतियोगितामा पाँचथर, इलाम, झापा, मोरङ सुनसरी गरि ४० टीमको सहभागीता रहेको उज्यालो समाज रविका सचिव विवेक राईले जानकारी दिनुभयो ।











प्रतिक्रिया