सभ्यता

पाँचथरको पहिचान बनेको गेट अव बन्ने



 पाँचथर ।  फिदिम बजारको मध्य भागमा रहेको लिम्बुवान गेट पाँचथरको एक परिचय बनेको थियो । गेटमा उल्लेख भएको अक्षर र चित्रले पहिचान बोकेको भन्दै ढालिएको गेट पुननिर्माण अभियान सुरु भएकको छ ।

नयाँ सहरको रुपमा विकास हुने क्रमले जाम रहित सुन्दर फिदिम बजार बनाउदा जिल्लाको पहिचान बोकेको लिम्बुवान गेट ढाँलिएको थियो । गेट ढलेको चारबर्ष बित्न लाग्दा पनि निर्माण सुरसार नभएपछि सरोकारवालहरुले गेट निर्माणमा चासो बढाएको हो । अभियान्ता तथा जग्गा पहिचान कार्यदल सदस्य दिलेन्द्र कुमार सुब्बाले जिल्लाको पहिचान ढलेको चर्चा गर्दै पुन त्यहि आकृतीमा गेट बनाउन सरोकारवालाले पहल गर्दैआएका हुन ।

गेट निर्माण लागि नगरकार्यपालिकाले नगरबासी र सरोकारवालाहरुसंग परामर्स थालेको छ । गतबर्ष पचास लाख रकम जिनियोजन गरेको फ्रिज भएको थियो । यसबर्ष साठिलाख रकम विनियोजन भएको छ । चौतर्फी दवाव हुन थालेर गेट निर्माणका लागि नगर उपप्रमुखको संयोजकत्वमा गेट निर्माण स्थान पहिचान गर्ने समिति बनेको नगर प्रमुख मित्रप्रसाद काफ्ले बताए ।

पाँच मिटर चौडाइ रहेको सडकलाई १६ मिटर चौडाइ बनाउन फिदिमको मध्य भागमा रहेको लिम्वुवान गेट पाँचथर जिल्लाकै प्रतीविम्वका रुपमा चिनाउने गेट ढलेको थियो । पुरानै स्थान वा देलमैदान छेउ वा सनिबारे तिन स्थानमा लिम्बुवान गेट बनाउन सरोकारवाल र प्राबिधिक टोदिले स्थल अवलोकन थालेकाछन् । यसबर्ष कुनै हालतमा लिम्बुवान गेट बन्ने नगरउपप्रमुख राधाकृष्ण न्यौपानेको दावि छ ।

२०६१ सालमा बनेको कालोपत्रे सडक भत्कीएर हिलो र धुलो भएपछि फिदिम बजारको सनिबारेबाट चारखम्बेसम्मको एकहजार सातसय मिटर सडक संघिय सरकारको सात करोड तिरासी लाख रकममा दाँयाबाँया आठआठ मिटर चौडाइ सडक विस्तार भएको छ ।

त्यसबेला लिम्बुवान गेटसंगै पुर्वमन्त्री स्वर्गीय पद्मसुन्दर लावतीको शालिक ढलेर अस्पताल मोडमा बनीसके पनि गेट भने नबन्दा सरोकारवाला थप आक्रोसीत भएको गेट निर्माण कार्यदल सदस्य लक्षमण लावतीको भनाय छ । अर्का कार्यदल सदस्य सुर्यकुमार निरौलाले जग्गा प्राप्तीमा भएको ढिलासुस्तीले पछिल्लो समय छुट्टै परिचय दिन थालेको लिम्बुवान गेट समयमै बनाउन नसक्दा फिदिम नगरपालिका प्रति आक्रोस बढेको र निर्माण सरोकारवालासंग आशंखा सृजना हुनु स्वाभाविक हो भन्नुभयो । तिन स्थानमा जग्गा प्राप्ती गरेर गेट निर्माण तिब्र गतिमा हुने विस्वास ब्यक्त गरेकाछन् ।

प्रकाशित : २ मंसिर २०८२, मंगलबार, ,