पर्यटन

फाल्गुनन्द हाफ म्याराथन



पाँचथर ।  दोस्रो लब्रेकुटी–सिलौती फाल्गुनन्द हाफ म्याराथनको उपाधि इलामको सन्दकपुर–२ का सञ्जय राई जितेका छन् । निर्धारित २१ किलोमिटर दुरी १ घण्टा १५ मिनेटमा पार गर्दै राई विजेता बनेका हुन । ताप्लेजुङका अमिर लिम्बू १ घण्टा १७ मिनेटबाट दोस्रो भएको छ । प्रथमले ३० हजार दोस्रोले २० हजार रकम मेडल प्रमाण पत्र पाएकाछन् ।

राष्टिय विभूति तथा किराँत धर्म प्रवर्तक फाल्गुनन्दको १ सय ४१ औं जन्मजयन्तीका अवसरमा फाल्गुनन्दको कर्मथलो लब्रेकुटीमा भएको आफ म्याराथन डौडमा
खुला महिलातर्फ ६ किमि दुरी २६ मिनेटमा पुरा गरेकी पाँचथरकी पुष्पा शेर्मा विजेता भएकी हुन । खोटाङकी दीपा बस्नेतले ३२ मिनेटमा दुरीपार गर्दै दोस्रो र दोलखाकी तारा तामाङ ३३ मिनेट दुरी पारगर्दै तेस्रो विजयी भएका हुन ।

पुरुष भेट्रानतर्फ सुनसरी धरानका विजयकुमार राईले ६ किमि दुरी २६ मिनेटमा पार गर्दै पहिलो भए । दोलखाका नवराज कार्कीले २९ मिनेटमा दुरीपार गर्दै दोस्रो र धरानकै फिपराज लिम्बूले ३१ मिनेटमा दुरी पार गर्दै तेस्रो भए ।

महिला भेट्रानतर्फ ६ किमिमा धरान १५ की जमुना लिम्बू प्रथम स्थान, मनिता सुन्दास दोस्रो र करुणा राई तेस्रो भए ।

छात्रातर्फ ६ किलोमिटर दौडमा ताप्लेजुङका लाक्पा शेर्पा, रविन लिम्बू र पाँचथरका साहिल लिम्बू तथा छात्रातर्फ भोजपुरका जुही राई, विनिता राई र धरान १५ की सेन्चुहाङ राई शीर्ष तीन स्थान लिन सफल भएका थिए । म्याराथनको उद्घाटन फिदिम नगरप्रमुख मित्र प्रसाद काफ्ले गर्नु भएको आयोजकले जनाएको छ । 

 

प्रकाशित : २७ कार्तिक २०८२, बुधबार, ,