पाँचथर । मिक्लाजुङ गाउँपालिका–८ भदौरे बस्ने ५२ बषिय बखत सिंह लिम्बुले मादक पदार्थ सेवन गरी आफ्नै छोरा बर्ष १७का सफल लिम्बुलाई भरुवा बन्दुक प्रहारगरी हत्या गरेको छ ।
कार्तिक नौगते आइतबार दिनको साडे तिन बजेको समय आफ्नै घर पछाडिको करिब १०० मिटर टाढा बारीतर्फ लगेर भरुवा बन्दुकले दाहिने कुम, कन्चट र छातीमा गोली प्रहारबाट घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी पाँचथरका सुचना अधिकारी एवं प्रहरी निरीक्षक रुपेस तामाङले बताए ।
घटना स्थलमा प्रहरी टोली पुगेर भरुवा बन्दुकसहित आरोपी बखत सिंह लिम्बुलाई नियन्त्रणमा लिएको हो। मृतक शबलाई पोष्टमार्टमको लागि धरानतर्फ पठाइएको छ भने थप अनुसन्धान कार्य जारी रहेको प्रहरी निरीक्षक तामाङले बताए ।











प्रतिक्रिया