पाँचथर । एकै स्थानमा चार पटक बनेको पुल आज उद्घाटन भएको छ । बनेको पुल बाढिले पटक पटक बगाएर पुन बनाउनु परेको पुल भौतिक पुर्वाधार तथा यातयात मन्त्री देबेन्द्र दाहालले उद्घाटन गर्नुभयो । पाँचथर जिल्लाको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका सिमानामा बग्ने हेवा खोलामा ७० मिटर लम्बाइको मोडुलर पुल चारऔ पटक बनाएको पुल हो ।
२०५१ सालमा निर्माण भएको पक्की पुल २०८० साल असार २ गतेको बाढिले बगाएको थियो । त्यस लगग्तै बनेको बेलीब्रिज पुल २०८१ साल असार १२ गते बगाएको हो । त्यहाँ बेलिब्रिज पुल पुन निर्माणको क्रममा भाँचिएर हटाउनु परेको थियो । उद्घाटन गर्नुहुदै मन्त्री दाहालले अस्थाइ रुपमा पुल बनाएको हो । चाडै पक्की पुलका लागी रकम सुनिस्चित भइसकेर निर्माणका लागि ठेक्का प्रकिया सुरु भएको जानकारी दिनुभयो ।
भारतले सात करोड बराबरको पुल सामग्री सहयोग गरेको छ भने नेपाल सरकारको तिन करोड पचास लाख रकमले पुल निर्माण भएको हो । पुल उद्घाटनमा नेपालका लागि भारतिय राजदुत नविन श्रीवास्तवले नेपाललाई पचास करोड बराबरको दस स्थानमा पुल बनाउन सहयोग गरेको बताउनु भयो । सहयोग गरेको मध्ये यो पुल सबैभन्दा लामो पुल रहेको जानकारी दिनुभयो । भारत सरकारले बजेटमै नेपाल बिशेष सहायत दिने निती रहेको पनि जनाएको छ ।
कार्यक्रममा इलामका संघीय सासद महेस बस्नेतले मेचीराजमार्ग पुर्वी नेपालको गौरवको सडक संजाल हो । हेवामा पुल नहुदा चार जिल्लामा असर पर्ने गरेको भन्दै चाडै पक्की पुल बनाउन सबै अभियानमा जुट्नुपर्ने बताए ।
पाँचथर प्रदेश सभासदस्य तथा प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री कमल प्रसाद जबेगुले बाढिले आधा दर्जनबढि पुल बगाएर जिल्ला संकटमा पुगेको चर्चा गरेका थिए ।
जिल्ला समन्वय प्रमुख रामराज आङदेम्बे र फिदिम नगपरपालिका प्रमुखले बिपतीले पाँचथर जिल्ला सोकमा डुबेको जानकारी दिएका थिए । बाढि पहिराले बगाएको जिल्लाका अन्य पाँचओटा पुल पनि बनाइ दिन संघीय सरकार तथा भारतको सरकार समक्ष माग गरेकाछन् ।













प्रतिक्रिया