पाँचथर । फिदिम नगरपालिका वडा नम्वर १ स्थित माथिलो गाउँ थाङसाङ स्कुल छेउमा दयनीय अवस्थामा बसोबास गरिरहनुभएकी विमला दासको घर योङ कम्युनिष्ट लिग (YCL) नेपालले निर्माण गरिदिने भएको छ ।
नेकपा माओवादी पाटी निकट YCL नेपाल फिदिम नगर समितिले दसाको घर निर्माण सुरु गरेको हो । शनिबार नेकपा माओवादी केन्द्र पाँचथर जिल्ला सहईन्चार्ज दिनेश लावतीले घर निर्माण शिलान्यास गर्नुभएको थियो ।
घर निर्माण श्रमदानमा नेकपा माओवादी केन्द्र प्रदेश सदस्य तिका नेम्बाङ , जिल्ला संयोजक विराल रसाईली, फाल्गुनन्द गाउपालिका उपाध्यक्ष ठाकुर सिं नेम्बाङ YCLनेपाल केन्द्रीय सचिव विक्रम शंकर र अशोक राई, केन्द्रीय सदस्य तथा पाँचथर ईन्चार्ज सागर नेम्बाङ, केन्द्रीय सदस्य अनिश तामाङ, अनेरास्ववियु १ नंं प्रदेश अध्यक्ष चन्द्र माङ्मु, युवा नेता मनिष आङ्बो, वाईसिएल प्रदेश सह सचिव रोहित आङ्बो लगायत सहभागि भएका YCLनेपाल पाँचथर ईन्चार्ज सागर नेम्बाङले बताए ।
घर निर्माणको लागि पाँचथर जिल्ला समन्वय समितिका उपाध्यक्ष याम कुमार आङ्बोले ईटा खरिदको लागि २० हजार रुपैया प्रदान गर्नुभयो । त्यस्तै वालुवा गिटि र ढुङ्गा YCL केन्द्रीय सचिव विक्रम शंकर, निर्माण व्यवसायी दावा शेर्पा, धन ब. नेम्बाङबाट सहयोग हुनेछ ।
कुम्मायक गाउँपालिका स्थित रानिगाउँ निवासी विमला करिब १४ वर्ष अगाडि फिदिम १ माथिलो गाउँमा बस्तैआएकि हुन । उनको श्रीमानले कान्छी श्रीमती विवाह गरेपछी ज्याला मजदुरी गरेर दुई छोरासंगै जिविकोपार्जन गर्दै आएको छ । आर्थिक न्यून भएका विमलाले करिब ६ वर्ष अगाडि नै घर बनाउनको लागि जग बनेको तर जेठा छोराको आन्द्रामा घाउ भएपछि घर बनाउने खर्च भएर घर निर्माण गर्न नसकेको YCL नेपाल फिदिम नगरअध्यक्ष बुद्ध राईले जानकारी दिए । YCLको देशैभरी श्रम तथा उत्पादन दुई महिने अभियानमा विमलाको घर बन्दैछ ।













प्रतिक्रिया