समाचार

पाँचथरका पत्रकार सन्दीप राई राससको महाप्रबन्धकमा नियुक्त



पाँचथर ।  राष्ट्रिय समाचार समिति (रासस) महाप्रबन्धक पदमा पाँचथरका पत्रकार सन्दीप राई नियुक्त भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राईलाई महाप्रबन्धक पदमा नियुक्त गरेको हो।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत रहेका पत्रकार राई पाँचथरमा पत्रकारिता सुरु गरी पछिल्लो समय काडमाण्डै उपत्यका मा सक्रिय पत्रकारिता गर्दै आएका हुन ।

पाँचथरको फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा राई विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा काम गर्ने अनुभव बटुलेका छन्। उनले पत्रपत्रिका, रेडियो तथा अनलाइनसहित विभिन्न आधा दर्जनबढि संचारगृहमा काम गरेका अनुभव छ

प्रकाशित : २८ श्रावण २०८२, बुधबार, ,