धरान । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ले २६औ फोनिज स्थापना दिवस धरान मनाएको छ । साउन २७ गते मंगलबार सुनसरी जिल्लाको धरान बजारमा प्रदेशको बिभिन्न जिल्लाका अग्रज फोनिजकर्मीहरु भेला भएका थिए ।सोहि अवसरमा फोनिज प्रदेश पहिचान पुरस्कार वितरणबाट दुइजना पत्रकार सम्मानीत भएकाछन् ।
२०५७ सालबाट निन्तर पहिचान आन्दोलनमा आधा दर्जन बढि संचारगृहमा आबद्ध रहेर सक्रिय कलम चलाउदै आएका झापा जिल्ला दमक नगरपालिका निवासी दिलकुमार लावती र २०७० सालबाट पहिचान लेखन गर्दैआएकी भोजपुर जिल्लाका भोजपुर नगरपालिका निवासी शारदा तामाङलाई सम्मान गरेको हो । उनीहरुलाई नगद दस हजार २६ रुपैया नगद सहित कदरपत्रद्धारा सम्मान गरेको उपाध्यक्ष सुप्रिया राईले बताए । सम्मानीतहरुलाई धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका अध्यक्ष जिरेन्द्र रुम्दाली राईले सम्मान पत्र वितरण गर्नु भएको थियो ।
सोहि समयमा आठऔ फोनिज संघीय महाधिवेसनमा निर्वाचित भएका प्रदेश एकबाट निर्वाचित पदाधिकारी एवं सदस्यमा निर्वाचित बाह्रजनालाई शुभकामना पत्र वितरण गरिएको थियो । त्यसैगरी संस्थागत केन्द्रीय अध्यक्ष पदमा निर्वाचित भएका दुइजनालाई समेत बधाइ पत्र वितरण गरेको प्रदेश सचिव दिलबहादुर राईले जनाएको छ ।
कार्यक्रमका प्रमुख अथिति सागुरीगढी गाउँपालिका अध्यक्ष रुम्दाली राईले पालिकाले पत्रकारलाई सुचना, सिपविकास र अन्य सहयोग गर्दैआएको जानकारी गराउदै बताउदै पत्रकार नागरिकको घरआँगनसम्म पुगेर स्थानीय सरकारको प्रभावकारी र खबरदारी गरिरहन आग्रह गर्नुभयो । उहाँले सबै बर्गजातिको भाषा, कला, सस्कृति, जनजिविका र रैथानेपनका बिषयहरुमा अत्यन्तै धेरै रकम विनियोजन गरेर पालिकामा भौतिक, सास्कृतिक, प्राकृतिक क्षेत्रहरुमा पुर्वाधार निर्माण गरी पर्यटकिय हव बनेर नागरिको आर्थिक सुधार गर्दैआएको जानकारी गराउनु भयो ।
सोहि स्थापना दिवस अवसरमा अग्रज पत्रकार हर्स सुब्बा, कौशल चेम्जोङ, सन्जयसन्तोसी राई, अर्जुन जमेली राई, सन्देश शुब्बा, टेकबहादुर लिम्बु, शन्तवीर लामा, विनु चेम्जोङ र शारदा तामाङले शुभकामना ब्यक्त गरेका थिए ।
प्रदेशका फोनिज संघीय समितिमा निर्वाचित पदाधिकारी र सदस्यहरु
फोनिज संघीय खुल्ला उपाध्यक्ष विस्वराज तामाङ
फोनिज संघीय संस्थागत उपाध्यक्ष अर्जुन जम्मेली राइ
फोनिज संघीय अल्पसंख्यक उपाध्यक्ष यमन दनुवार
फोनिज संघीय महिला सचिव माला पालुङवा
प्रदेश १ इन्चार्ज राजेन्द्र कुमार राई दुष्ट
फोनिज संघीय लेखा समिति संयोजक गजेन्द्र राई
फोनिज संघीय खुल्ला सदस्य अतित योङहाङ
लिम्बु पत्रकार संघ संस्थागत सदस्य दिनेस सुब्बा
थारु संघ संस्थागत सदस्य प्रदिव चौधारी
फोनिज संघीय महिला सदस्य भूमिका फियाक लिम्बु
फोनिज संघीय महिला सदस्य विनु चेम्जोङ
फोनिज संघीय महिला सदस्य सुप्रिया राई
लिम्बु पत्रकार संघ संघीय अध्यक्ष सन्देस सुब्बा
राई पत्रकार संघ संघीय अध्यक्ष अवतार राई













प्रतिक्रिया