समाचार

शहरी शासकीय पूर्वाधार विकास कार्यक्रमले नगरमा ६९५ ओटा योजना

४३ करोड २४ लाख ९४हजार पाँचय ७९ रुपैया शहरी शासकीय पूर्वाधार विकास कार्यक्रम



पाँचथर ।   शहरी विकास मन्त्रालयबाट उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै फिदिम नगरपालिका सम्मानित भएको छ ।

शहरी शासकीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत देसको १२ जिल्लाहरुमा संचालन भएका योजनाहरु मध्ये प्रभावकारी कार्यसम्पन्न गरेर विहिबार काठमाण्डौमा सम्मान पाएको नगर प्रमुख मित्र प्रसाद काफ्ले बताए ।

फिदिम नगरपालिकाले ४३ करोड २४ लाख ९४हजार पाँचसय  ७९ रुपैया बजेटको छसय ९५ वटा पूर्वाधार योजना प्रभावकारी रूपमा सम्पन्न गरेकोले शहरी विकास मन्त्रालयबाट उत्कृष्ट कार्यसम्पादन सम्मान गरेको हो ।

उपभोक्ता समिति र श्रमिकमा ३५ प्रतिशत महिलाको अनिवार्य सहभागिता सुनिश्चित गरि नगरले ५ लाखदेखि २० लाखसम्मका योजनाहरू सम्पन्न गरिएका छन् । चालु आर्थिक वर्षमा २ करोडको ३७ नयाँ योजना सचालन गर्ने नगर उपप्रमुख राधाकृष्ण न्यौपानेले जनाएको छ। 

पचास प्रतिशत श्रमिकको रोजगार पाउने गरीको शहरी शासकीय पूर्वाधार विकास कार्यक्रमले फिदिम नगरपालिका दीर्घकालीन, समावेशी र प्रभावकारी योजनाहरू  निर्माण भएका पुर्वाधारहरुले नगरवासीको जीवन यापन सहजसंगै आर्थि लाभ पुगेको उनीहरुले जनाएकाछन् ।

शहरी शासकीय पूर्वाधार विकास कार्यक्रमले नगरमा  बढि संख्यामा सडक निर्माण भएकाछन् । २सय ५४ सडक निर्माण र स्तरउन्नति भएको भने त्यसपछि ७४।७४ ओटा सार्बजनिक भवन र पदमार्गहरु बनेकाछन् ।

शहरी शासकीय पूर्वाधार विकास कार्यक्रमले नगरमा बनेका पुर्वाधारहरु
सडक निर्माण र स्तरउन्नति २५४
नाली निर्माण ३९
कलभर्ट निर्माण ८
रिटेनिङवालरग्याबिनवाल निर्माण ४०
सार्वजनिक भवन निर्माण ७४
भवन मर्मत २९
सार्वजनिक शौचालय निर्माण २९
खेलमैदान मर्मत र निर्माण ११
पदमार्ग निर्माण ७४
पार्क निर्माण २३
सिँचाइ कुलो मर्मत रनिर्माण ४९
खानेपानी निर्माण २७
कम्पाउन्ड र घेराबार निर्माण ३७
अन्य ३६ योजना

प्रकाशित : २१ श्रावण २०८२, बुधबार, ,