घटना

दाजूबैनि मृत अवस्थामा फेला



पाँचथर ।   पाँचथरको याङवरक गाउँपालिका–१ को विरुवामा पाँच दिनदेखि हराईरहेका बालवालिका मंगलबार मृत फेला परेका छन् । हराईरहेका १० बर्षिय शिशिर राई र उनको बैनी ५ बर्षिय नानुमा राईको विरुवा खोलामा छुट्टा छुट्टै स्थानमा मृत फेला परेका हुन् ।

शुक्रवार विद्यालय हिडेका उनीहरु अर्थात दाजू बैनि हराएका छदिनपछि विरुवा खोला मृत अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि कौशल बुढाथोकिले जानकारी दिए ।

विद्यालय हिडेका दाजूबैनि हराएपछि खोजी कार्य गरिएको थियो । बैनीको केहि तल र दाजूको केहि माथी खोला किनारमा शव भेटिएको हो । केहि दिन देखि प्रहरी र स्थानिय खोजिमा खटिएका थिए । शव पोस्टमार्टमा लागि फिदिम ल्याईने छ ।
उनीहरु पूर्ण आधारभूत विद्यालयमा कक्षा–४ र १ मा अध्ययानरत थिए ।

प्रकाशित : २० श्रावण २०८२, मंगलबार, ,