अन्तर्राष्ट्रिय

रुसमा शक्तिशाली भूकम्प गएपछि १९ लाख मानिसलाई घर छाड्न आदेश

रुसको कामचट्का प्रायद्वीप नजिक ८.८ म्याग्निच्युडको भूकम्प गएको छ। जापानको मौसम विज्ञान विभागले सुनामीको खतरा जारी गर्दै १९ लाखभन्दा बढी मानिसलाई घर छाड्न आदेश दिएको छ। जापानको होक्काइदोदेखि वाकायामा प्रान्तसम्म मानिसहरुलाई उच्च स्थानमा सर्न सरकारी अधिकारीहरुले चेतावनी दिएका छन्।



रुस ।   रुसमा शक्तिशाली भूकम्प गएपछि सुनामीको खतराको बढेको भन्दै जापानमा १९ लाखभन्दा बढी मानिसलाई घर छाड्न आदेश जारी भएको छ ।

मंगलबार रुसको सुदूरपूर्वी तटीय क्षेत्र कामचट्का प्रायद्वीप नजिक ८।८ म्याग्निच्युडको भूकम्प गएको हो ।

जापानको मौसम विज्ञान विभागले आफ्नो पूर्वी तटका अधिकांश क्षेत्रमा सुनामीको खतरा जारी भएको अलजजिराले उल्लेख गरेको छ । विभागले समून्द्री क्षेत्रमा ९।८ फिट ९३ मिटर० उचाइसम्मको छाल उठ्न सक्ने चेतावनी दिएको छ ।

जापानको होक्काइदोमा मानिसहरु घरको छतमा जम्मा हुँदै गरेका भिडियो फूटेजहरु सार्वजनिक भएका छन् ।

जापानको उत्तरी तटीय क्षेत्रमा घर छाडेर कतै उचाइको क्षेत्रमा बस्न सरकारी अधिकारीहरुले चेतावनी जारी गरेका छन् । जापानको प्रशान्त तटमा सुनामीका दर्जनौं लहर ठोक्किन थालेका छन् ।

प्रशान्त तटबाहेक उत्तरमा होक्काइदोदेखि दक्षिणमा वाकायामा प्रान्तसम्म मानिसहरुलाई घर खाली गरेर अन्यत्र सर्न चेतावनी जारी भएको अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

 

प्रकाशित : १५ श्रावण २०८२, बिहिबार, ,