तनहुँ । गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएपछि स्वागत गर्दै तनहुँमा खुशीयाली मनाइएको छ।
सङ्घीयताले गर्दा प्रदेश सरकार स्थापना भएकोले यहाँको भाषा, सस्कृतिको संरक्षणमा टेवा पुगेको व्यास नगपालिका वडा नम्बर( ६ का वडाध्यक्ष जीवन गुरुङले दमौलीमा दीपप्रज्ज्वलन गरिएको खुशीयाली मनाइएको बताउनुभयो।
२०८२ असार २४ गते बसेको गण्डकी प्रदेश सभाको आठौं अधिवेशनको बाईसौं बैठकले गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ सर्वसम्मत पारित गरेको हो ।
नेपाल मगर सङ्घ तनहुँले शनिबार विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गरिएको छ। सङ्घका अध्यक्ष खड्गसिंह थापामगर र सचिव केहरसिंह आलेमगरद्वारा जारी सयुक्त विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतान्त्रिक देश नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको प्रदेश सरकारी काजकाजको भाषा नेपाली भाषाको अतिरिक्त अन्य राष्ट्रभाषा बनाउन पाउने व्यवस्था भएकोमा खुशी व्यक्त गरिएको छ।
हुजातीय, बहुभाषिक, बहुसांस्कृतिक भाषलाइ मान्यता दिदै भाषा आयोगले गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई गण्डकी प्रदेश सरकारको कामकाजी भाषा बनाउने सिफारिस गरेको विज्ञप्तिमा गरिएको छ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, अर्थमन्त्री, गण्डकी प्रदेश सभाका सभामुख, उपसभामुख, प्रमुखदलको नेता सबै दलको नेता, सचेतक, प्रदेशसभा सदस्य र भाषा आयोग विज्ञप्ती मार्फत धन्यवाद व्यक्त गरेको छ।











प्रतिक्रिया