पाँचथर । फिदिम नगरपालिकाले १७ औं नगर सभा अधिबेशनले पारित गरेको नितिथा कार्यक्रम सुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराएको छ । नगरको कार्यकक्षमा ७ औं नगर सभा अधिबेशनले एक अर्ब, १० करोड,५१ लाख ३३ हजार २ सय १ रुपैंयाको नीति र कार्यक्रम पारित गरेको पत्रकार सम्मेलनमा नगर प्रमुखले बताए ।
नगर प्रबक्ता नरेन्द्र गुरुङद्धारा जारी विज्ञप्तीमा उल्लेख भए अनुसार फिदिम नगरको १७ औं नगर अधिबेशनमा उप प्रमूख राधाकृष्ण न्यौपानेले आर्थीक वर्ष २०८२।०८३ का लागि चालु तर्फको ४४ करोड ४४ लाख, पुंजिगत तर्फको ११करोड ३२ लाख र संघीय ससर्त अनुदानतर्फ ५२ करोड ६ लाख रुपैंया प्रस्तुत गरेको गरेका ।
असार १० गते सम्पन्न नगर सभाले ३ करोड ९४लाख, ८६ हजार ७ सय रुपैंया आन्तरिक आम्दानी सहितको नीति कार्यक्रम प्रश्तुत गरेका थिए ।
स्वास्थ्य, शिक्षा, कृषि र पुर्वाधारहरु पालिकाको मुख्य प्राथमिकता रहेको उल्लेख छ । शिक्षामा पढ्दै कमाउदै, स्वास्थ्य शिबिर र कृषि औजार अनुदानका कार्यक्रम संचालन हुने नगर प्रमुख काफ्लेले बताए ।











प्रतिक्रिया