पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकाले ११ औं गाउँ सभा सम्पन्न गरेको छ । सोमबार सम्पन्न गाउँ सभाले नीति सर्वसम्मत पारित गरेको हो । गाउँसभाले आगामी आर्थिक वर्षका लागि ५४ करोड ४१ लाख ४५ हजार ७ सय १ रुपैयाँको बजेट ल्याएको छ । आन्तरिक राजस्वबाट १ करोड रुपैयाँ संकलन गर्ने फालेलुङको लक्ष रहेको पालिका उपाध्यक्ष महेन्द्रकुमार जबेगुले जनाएको छ ।
फालेलुङका विपन्न, दलित, गरिब र अल्पसंख्यक विद्यार्थीका लागि पोशाक सहायता कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको पालिका प्रवक्ता खपाङ्गीको भनाइ छ ।
पालिकाभित्रका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा नपढाए सुविधा कटौती गर्ने नीति–कार्यक्रम पारित गर्दै पाँचथरको फालेलुङ गाउँपालिकाले ११ औं गाउँ सभा सम्पन्न गरेको छ ।
सम्पन्न गाउँ सभाले कृषि, वन वातावरण र जिन्सी लिलामी ऐन समेत पारित गरेको छ । सभाले शिक्षा ऐनमा नया व्यवस्था थप समेटेको छ । जसमा जनप्रतिनिधि, कर्मचारी र शिक्षकका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने छ ।
११ औं गाउँ सभाले थप नया शिक्षा ऐन विपरीत निजी विद्यालयमा छोराछोरी पढाउने जनप्रतिनिधि, कर्मचारी र शिक्षकले पाउने तलब भत्ता र सुविधा वापत कूल रकमको १० प्रतिशत कट्टा गरी आन्तरिक राजस्व खातामा जम्मा गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको पालिका अध्यक्ष वीरविक्रम थाम्सुहाले जनाए ।
जिल्लाका आठ ओटा पालिकाहरु मध्ये यसबर्ष पहिलो पटक फालेलुङ गाँउपालिकाले निति तथा कार्यक्रम ल्याएको हो ।











प्रतिक्रिया