समाचार

लिम्बू पत्रकार संघ पान्थरको अध्यक्षमा रजनी हाङसरुम्बा



पाँचथर ।   लिम्बू पत्रकार संघ पान्थरको तेश्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा रजनी हाङसरुम्बा निर्वाचित भएकी छ । फेदेनमा सनिवार भएको अधिवेसनबाट निर्विरोध अध्यक्षमा पदमा हाङसरुम्बा निर्वाचित भएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष भूपेन योङहाङ, सचिवमा इवारा जबेगू लिम्बू, सहसचिव मनेन्द्र केरुङ आहुती र कोषाध्यक्षः शुष्मा हाङसरुम्बा निर्वाचित भएकाछन् ।

त्यसैगरी सदस्यमा इच्छा लिम्बू, तागेरा तावाहाङ, पदम दुःखी सम्बाहाम्फे र अशोक लाओती भएकाछन् ।
प्रदेश महाधिवेशन प्रतिनिधिमा उपेन्द्र येक्तेन, पूर्ण परिचित जबेगू र सम्झना योङहाङ निर्वाचित भएको निवर्तमान अध्यक्ष उपेन्द्र एकतेन बताए ।

लिम्बु पत्रकार संघको केन्द्रिय अध्यक्ष शन्देस सुब्बाको प्रमुख अथितिमा अधिवेसन सम्पन्न भएको थियो । अधिवेसनमा केन्द्रिय अध्यक्ष सुब्बाले कोरोना महामारी लगायतको बिभिन्न कारण लिम्बु पत्रकार संघको सात बर्षपछि अभधवेसन भएको बताए ।

सोहि अवसरमा तुम्याहाङ एवम् निवर्तमान लिम्बु पत्रकार संघीय वरिष्ठ उपाध्यक्ष तथा फोनिज प्रदेस अध्यक्ष बिजयबोध लावती, अग्रज पत्रकार एवम् फोनिज पान्थर सस्थापक अध्यक्ष कबिन्द्र सेर्मा र राई पत्रकार संघ पाँचथर अध्यक्ष सुबास राईले फोनीज पत्रकारहरु क्रियासिल  नहुदा आफ्ना बिषयहरु प्रभावकारी प्रचार प्रसार हुन नसकेको बताएका थिए ।

प्रकाशित : ७ असार २०८२, शनिबार, ,